News Portal

  • रातारात राजपा–समाजवादी पार्टी एकता, नयाँ पार्टीको नाम जनता समाजवादी

    भक्तपुरपोष्ट संवाददाता११ वैशाख २०७७
    १८१२ पटक
    ११ वैशाख २०७७

    काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ ।

    करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमाराजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।राजपा नेपालका अध्‍यक्षमण्डलका सदस्‍यहरू अनिलकुमार झा र राजकिशोर यादवले भने सहमतिपत्रमा यसमा हस्ताक्षर गरेका छैनन्।

    पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ। दल विभाजन खुकुलो हुनेगरी आएको अध्‍यादेशको त्रासले मध्‍यरातमा राजपा र समाजवादी पार्टीबीच एकता भएको हो।

    राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    पार्टी विभाजनका लागि ४० प्रतिशत सांसद पुर्‍याउनुपर्ने व्यवस्थालाई चुनौती दिन दुई दलले रातारात सहमति गरेका हुन्। दुई दल मिलेपछि अब ४० प्रतिशत सांसद पुर्‍याउन गाह्रो हुन्छ। त्यसैले विभाजन टर्छ भन्ने बुझाइ नेताहरूको छ। दुई दल मिल्ने सहमति गरिसकेको अवस्थामा पुरानो दलको हैसियतमा विभाजन भए त्यसले कानुनी वैधता नपाउने र त्यसमाथि अदालतमा प्रश्न उठाउन सकिने आकलन गर्दै समाजवादी र राजपाले मध्यराति एकीकरण गरेका हुन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...