News Portal

  • जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

    भक्तपुरपोष्ट संवाददाता११ वैशाख २०७७
    १००४ पटक
    ११ वैशाख २०७७

    काठमाडौँ । समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ को निवेदन दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

    नयाँ दल दर्ताको निवेदन लिएर कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए।

    बुधबार मध्यराति राजपा र समाजवादीबीच एकताको सहमति भएको थियो।राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए। बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

    निर्वाचन आयोगमा एकीकृत पार्टीका रुपमा ‘जनता समाजवादी पार्टी’ नाममा दर्ताका लागि निवेदन दिइएको छ। झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ। नेताहरुको कार्यविभाजन भने भइसकेको छैन।

    दुई दलबीच एकीकरणपछि बनेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए पनि नयाँ दलले कानुनी मान्यता पाउन बढीमा ४५ दिन कुर्नुपर्छ। दल दर्ताका लागि बुझाइएको आवश्यक कागजात रुजु गर्ने, नाम जुधेको वा नजुधेको हेरेर निर्वाचन आयोगले निर्णय गर्ने निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...