News Portal

  • सतर्कता अपनाउँदै केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्नु पर्नेमा जोड

    भक्तपुरपोष्ट संवाददाता१४ वैशाख २०७७
    ८७१ पटक
    १४ वैशाख २०७७

    भक्तपुर । भक्तपुर जिल्लामा कोभिड १९ बाट बच्न उच्च सतर्कता अपनाउँदै केही प्राथमिकतामा रहेका व्यवसाय तथा उच्च प्राथमिकता प्राप्त विकास निर्माणका काम सुचारु गर्नु पर्ने बारे छलफल सुरु भएको छ ।जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको एकिकृत छलफलमा सरोकारवालले यस बारे सुझाब दिएका हुन् ।

    कार्यक्रममा संघीय सांसद महेश बस्नेतले खाद्यन्न आपुर्ति ,कृषिको काम र बिकासका सन्दर्भमा आसपासका जिल्लामा समेत समन्वय गरेर सहजीकरण गनुपर्ने बताउनुभयो ।त्यसका लागि सहजीकरण गर्न सरोकारवाला सहितकोे समिति बनाउनु पर्ने बतउँदै पुर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले यदि खाद्य,कृषि र प्राथकिमता प्राप्त उद्योग ब्यबसायको काम लामो समय अबरुद्ध भए देश थेग्नै नसक्ने आर्थिक मन्दिमा पर्ने तर्फ सचेत गराउनुभयो ।

    कर्यक्रममा बागमति प्रदेशका सांसद शशिजंग थापाले उत्पादनमा जोड दिनुपर्ने बताउँदै कसैलाई जमिन बाँझो राख्न दिन नहुने र कृषकलाई बिउ मल उपलब्ध गराउनका लागि बजेट छुट्टयाउनुपर्ने बताउनुभयो ।प्रदेश सांसद डा.राजेन्द्रमा श्रेष्ठले कोभिड १९ बाट बच्न उच्च सतर्कता अपनाएर केही व्यावसाय तथा विकास निर्माणका काम सुचारु गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रदेश सांसद कृष्ण्लाल भँडेल र रजनी जोन्छेले कतिपय ठाउँमा राहत बितरण र मल बिउ बितरणमा भेदभाव गरिएको गुनासो गर्नुभयो ।प्रदेश सांसद सरस्वती बाटीले अब आत्म निर्भर आर्थिक प्रणालीमा जोड दिनुपर्ने बताउनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले भक्तपुर आसपासका जिल्ला काठमाडौं,ललितपुर,काभ्रेपलान्चोक र धादिङसँग समन्वय गर्दै कृषि सामग्री केन्द्र मार्फत कृषकका लागि मल बिउको सहजीकरणका लागि पहल गर्नुपर्ने बताउनुभयो ।उहाँले जिल्लामा कोभिड १९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउन,आपुर्ति सहज गर्न ,अभाव र कालोबजारी नियन्त्रण गर्न र बिकास निर्माणमा सहजीकरण गर्न बैठक राखिएको बताउनुभयो ।

    मध्यपुर थिमिका नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले लकडाउनलाई अझै ब्यबस्थित गर्नुपर्नेमा जोड दिंदै बिकासका नाममा उपत्यका बाहिर गएकालाई तत्काल भित्र आउन दिन नहुने बताउनुभयो ।

    सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले सुर्यबिनायक नगरपालिकाले जमिन बाँझो राख्न नपाईने नीति अघि सारीसकेको बताउँदै सुर्यबिनायक नगरपालिकाले नगरपालिका अन्तर्गतका ९५ प्रतिशत बिकासका काम सम्पन्न गरिसकेको बताउनुभयो ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले खाद्यान्न तथा मलबिउको अभाव र महँगी हुन नदिन बिशेष पहलकदमी आवश्यक रहेको बताँउदै कमलबिनायक नगरकोट सडकको काम सुचारु गर्न जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कतिपय आरोह अबरोह र जनआक्रोशका बीच कोरोना भाईरस नियन्त्रण र लकडाउनलाई सबैको सहयोगमा प्रभावकारी रुपमा जिल्लामा कार्यान्वय गरिएको बताउनुभयो ।अन्य जिल्लासँग समन्वय र सरकारले दिएको निर्देशनको पालना गर्दै आएका सुझाबलाई कार्यान्वयन गर्न आफु निरन्तर सकृय रहेको बताउनुभयो ।

    कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले डिआईएफडीको रु एक करोड सहयोगमा अस्पतालले दश दिनमा कोभिड १९ उपचारको लागि छुट्टै ब्लक निर्माण गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

    स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुर जिल्लामा अहिलेसम्म कोरोना भाईरस संक्रमित नभेटिएको बताउँदै यसको नियन्त्रणका लागि जिल्लाका बिभिन्न अस्पतालले गरेको तयारी बारे बताउनुभयो ।

    रेडक्रसका जिल्ला सभापति मनोज थापाले रेडक्रसले ६ महिनाको लागि बिपद् प्रतिकार्य योजना बनाईरहेको बताउँदै रगतको अभाव हुन नदिन घरदैलोमा गएर संकलन अभियान चलाईएको जानकारी दिनुभयो ।

    कार्यक्रममा निर्माण ब्यबसायी संघका अध्यक्ष राजकुमार बस्ताकोटी,गैरसरकारी संस्था महासंघका सोम शर्मा बजगाईं, उद्योग बाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी ,जिल्ला समन्वय अधिकारी रघुनाथ लामिछाने लगायतले आआफ्नो बिचार राख्नुभएको थियो ।

    जिससको आयोजनामा भएको एकीकृत बैठकमा बीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेल, प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, शसस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई ,राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोईराला, नेकपाका अध्यक्ष बचन देउजा लगायतको सहभागिता रहे पनि संघीय सांसद पे्रम सुवाल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको भने सहभागिता थिएन ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...