News Portal

  • जब किम जोङ उन मुस्कुराउँदै झुल्किए

    भक्तपुरपोष्ट संवाददाता२० वैशाख २०७७
    १२५७ पटक
    २० वैशाख २०७७

    प्योङयाङ । एकाएक २० दिन पछि उत्तर कोरियाली नेता किम जोङ उन सार्वजनिक कार्यक्रममा देखिए । उनी मुस्कुराँदै गरेको तस्वीर सार्वजनिक भयो ।

    ९ दिनसम्म सार्वजनिक नहुँदा उनका विषयमा धेरै अफवाह हरु फैलिए । अन्ततः उनको शुक्रवार सार्वजनिक गरेको हसिलो तस्वीरले तीसबैलाई खारेज गरिदिएको छ ।
    उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी९केसीएनए०ले दिएको खबर अनुसार शुक्रबार एक कार्याक्रममा उनी सहभागी भएका हुन्।

    प्योङयाङको दक्षिणी क्षेत्रमा रहेको सुनचोन प्रान्तमा निर्माण गरिएको एक रसायनिक मल उद्योगको निर्माण समापन पछिको उद्घाटन कार्यक्रममा शुक्रबार किम सहभागी भएको केसीएनएले जनाएको छ।

    अप्रिल ११ पछि किमले सार्वजनिक कार्यक्रममा भाग लिएको खबर तथा तस्बिर उत्तर कोरियाले सार्वजनिक गरेको थिएन । अप्रिल ११ मा उनले सत्तारुढ दल कोरियन वर्कर्स पार्टीको बैठकमा भाग लिएको बताइएको थियो।

    अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता तथा किम उनका हजुरबा किम इल सुङको १०८ जन्मदिन थियो । सो दिनलाई उत्तर कोरियामा विषेश दिनका रुपमा मनाइने गरिन्थ्यो । सो दिनमा पनि किम कुनै कार्यक्रममा सहभागी भएको सार्वजनिक नभएपछि उनी गम्भीर बिरामी रहेको वा मृत्यु भएको अड्कल गर्दै अन्तराष्ट्रिय मिडियाहरुमा खबर आएका थिए। केही दिनअघि मात्रै पनि दक्षिण कोरियाली अधिकारीहरुले भने किम सकुशल रहेको दाबी गरेका थिए।

    उत्तर कोरियाली समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी(केसीएनए)ले किम सहभागी भएको कार्यक्रमका धेरैवटा तस्बिर शनिबार सार्वजनिक गरेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...