नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालले अमेरिकासँग गरेको मिलेनिमय च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता इन्डाेप्यासिफिककै अंग भएकाे निष्कर्ष निकालेकाे छ । इन्डाे प्यासिफिक सैन्य रणनीति भएकाे र त्यसकै एक अंग एमसीसी भएकाेले यसलाइ यही अवस्थामा नेपालमा लागु गर्न नहुने सुझाब पनि नेकपाकाे कार्यदलले दिएकाे प्रतिवेदनमा उल्लेख छ । नेकपाले यसअघि एमसीसीबारे अध्ययन गर्न नेता झलनाथ खनालकाे नेतृत्वमा भिम रावल र प्रदिप ज्ञवाली सदस्य रहेकाे एक कार्यदल बनाएकाे थियाे । उक्त कार्यदलले १६ बुँदे सुझाव पेश गरेकाे थियाे । सरकारी अधिकारीहरुले एमसीसी आईपीएसको अंग नभएको जिकिर गर्दै आएकाे भए पनि कार्यदलले भने एमसीसी अमेरिकाले अघि सारेको इन्डो प्यासेफिक स्टाट्रेजी (आईपीएस)को अंग भएको समेत ठहर गरेको छ। ‘आईपीएस प्रशान्त र हिन्द क्षेत्रलाई लक्षित गर्दै अमेरिकाले अघि सारेको सैनिक रणनीति हो। नेपालले कुनै पनि सैनिक गठबन्धन सदस्य नबन्ने स्पष्ट पार्दै आएको छ।’ सो प्रतिवेदनमा परराष्ट्रमन्त्री समेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले १५ बुँदे फरक मत राख्दै संसदबाट अनुमोदन हुनुपर्ने धारणा राखेका … Continue reading नेकपा प्रतिवेदन: इन्डो-प्यासिफिककै रणनीति भएका कारण यथास्थितिमा एमसीसी गर्न नहुने