News Portal

  • कोरोना पोजेटिभ देखिएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

    भक्तपुरपोष्ट संवाददाता३ जेष्ठ २०७७
    ८९३ पटक
    ३ जेष्ठ २०७७

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी विहीबार राति धुलिखेल अस्पताल आएकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो ।

    एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोकबाट रेफर गरिएको थियो ।

    अस्पतालका गेटमा ल्याइपुर्याउँदा न गम्भीर रहेको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले बताए । तत्काल श्वासप्रश्वास यन्त्र जडान गरिएर बचाउँन कोसिन गरेपनि नसकिएको अस्पतालले जनाएको छ ।

    त्यसपछि शुक्रबार उनको आरडिटी र पछि पिसिआरसमेत गरिएको थियो । दुबै रिपोर्ट पोजेटिभ आएपछि सो रिपोर्टसहित थप परीक्षणका लागि नमूना टेकु प्रयोगशालामा पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने

    भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष...

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३...

    रक्सि नखाउ भन्दा गयो ज्यान

    रूकुम पश्चिममा हजुरबाको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२...

    शिशु निकेतन स्कूलकी छात्रा होस्टेलमै मृत फेला

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा एक छात्रा मृत फेला परेकी...

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २...