भक्तपुर । भक्तपुरका नगरपालिकाका वडा सचिव र सफाइ मजदुरको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको हो छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दुईजनाको आरडीटी पोजेटिभ देखिएको पुष्टि गर्दै वडासचिव र सफाइ मजदुरको घर तथा बस्ती सिल गरिएको जानकारी दिइन् ।
उनका अनुसार उनीहरुको घरपरिवार र सम्पर्कमा आएका व्यक्तिलाईसमेत सचेत गराइएको छ । आरडीटी परीक्षण विश्वसनीय नभएकाले त्यसबारे त्यति हल्ला नगरिएको पाण्डेले बताइन् ।
पीसीआर रिपोर्ट नआइ केही भन्न सकिने अवस्था छैन आरडीटी त्यति विश्वसनीय पनि नएको उनको भनाइ छ ।
उनका अनुसार दुवैको पीसीआर परीक्षणका लागि टेकु पठाएर अहिले टेकुकै आइसोलेसनमा राखिएको छ।