News Portal

  • भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ : संक्रमित संख्या ४, देशभर संक्रमित संख्या ५१६

    हिना सुवाल / भक्तपुरपोस्ट भक्तपुर, ९ जेठ
    १९०३ पटक
    भक्तपुर, ९ जेठ

    भक्तपुरमा कोरोनाको एक संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शुक्रबार साँझ भक्तपुरकी एक महिलालाई कोरोना पोजेटिभ देखिएको पुष्टि भएको हो ।

    मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले जनाए अनुसार संक्रमित महिला भक्तपुर नगरपालिका वडा नम्बर ९ की हुन् र उनको उमेर ४२ वर्ष रहेको छ । उनको रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो ।

    यससंगै भक्तपुरमा संक्रमितको संख्या ४ पुगेको छ जसमा १० दिन अघि कोरोना सङ्क्रमित पुष्टि भएका दुवाकोटका २७ वर्षीय सुरक्षाकर्मी पुरुष र थिमी बस्ने २५ वर्षीया स्वास्थ्यकर्मी युवती बिहीबार डिस्चार्ज भएका छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना नियन्त्रणमा आफूहरु योजनावद्ध लागिरकेकोले नआत्तिन तर सावधान रहन अनुरोध गरेकी छन् ।

    शुक्रवार देशभर कुल कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...