News Portal

  • भक्तपुरकी कोरोना संक्रमित महिला जनप्रतिनिधि, शनिवार कन्टाक्ट ट्रेसिङको काम हुँदै

    भक्तपुरपोष्ट संवाददाता१० जेष्ठ २०७७
    २३४३ पटक
    १० जेष्ठ २०७७

    भक्तपुर । भक्तपुरकी ४२ वर्षीया कोरोना संक्रमित महिला भक्तपुर नगरपालिका–९ की जननिर्वाचित महिला सदस्य रहेको खुलेको छ । उनी राहत वितरणलगायतका काममा सक्रिय थिइन् । त्यहीक्रममा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

    संक्रमणको पृष्टि हुनासाथ भक्तपुर नपा– ९ सूर्यमढी निवासी उनलाई पाटन अस्पताल लगिएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार संक्रमितको घर समुदायबाट छुट्टिएकोले घरलाई मात्रै सिल गरिएको छ।

    उनको घरमा श्रीमान र छोराछोरी रहेका छन् । उनी मुटुको बिरामी थिइन् । विगतमा उनको ओपन हार्ट सर्जरी गरिएको थियो । त्यसैले उनले घरमै बस्ने र अस्पताल नजाने इच्छा गरेकी भएपनि उनलाई सम्झाइबुझाइ गरेर पाटन अस्पताल लगिएको बताइएको छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उनको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका काम हुने जानकारी दिइन् ।

    संक्रमित जनप्रतिनिधि भएको हुनाले कन्टाक्ट ट्रेसिङ गर्न भने चुनौतीपूर्ण देखिएको छ । किनभने उनीस्वास्थ्य स्वयंसेविका पनि थिइन भने निरन्तर राहत वितरणमा सक्रिय थिइन् ।

    काठमाडौं महानगरपालिकाका सफाइ मजदुरहरुको द्रुत परीक्षण विधि (आरडीटी) कोरोना परीक्षणमा पोजिटिभ आएपछि भक्तपुर नपाले पनि आरडीटी विधिबाट आफ्ना कर्मचारी, सफाइ मजदुर तथा जनप्रतिनिधिहरुको कोरोना भाइरस परीक्षण गरेको थियो । नगरपालिकाले आफ्नै जनस्वास्थ्य केन्द्रमा गरेको उक्त परीक्षणमा एक सचिव र अर्की महिला सफाइ मजदुरको रिपोर्ट पोजिटिभ आएको थियो ।तर, पिसिआर रिपोर्ट पोजेटिभ पुष्टि भएको अवस्था छैन ।

    भक्तपुरमा हालसम्म चार जना कोरोना संक्रमित भेटिएका छन्। जनप्रतिनिधिमा भएको भने यो पहिलो संक्रमण हो। यसअघि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलस्थित काठमाडौ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकमा कोरोना संक्रमण देखिएको थियो। उनी भक्तपुरको तेश्रो संक्रमित तर पहिलो स्थानीय थिए। यसअघि जिल्लामा वस्ने दुई जनामा कोरोना संक्रमण भेटिएको थियो। तर उनीहरु अस्पतालबाट उपचारपछि डिस्चार्ज भैसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...