News Portal

  • थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

    भक्तपुरपोष्ट संवाददाता११ जेष्ठ २०७७
    ६०९ पटक
    ११ जेष्ठ २०७७

    काठमाडौं । आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो थप १९जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार  प्रादेशिक जनस्वास्थ्य प्रयोग शाला विराटनगरमा गरिएको परिक्षणमा मोरङ बाह्रदशी ३ का ४५ वर्षीय पुरुष १ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोग शालामा गरिएको परिक्षणमा बारा कलैयामा ३२ वर्षिय पुरुष, वीरगञ्ज पर्साका ३२ वर्षीय पुरुष, पर्साघरभइ बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै नगावाका ६० वर्षीय पुरुष, रौतहटमा घरभइ बारा कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर टका ४८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    साथै, रुपन्देहीका ४०, ३२ र ५० वर्षीय तीनजना पुरुष, काठमाडौं सोह्रखुट्टैका ६९ वर्षीय पुरुष र नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टि भएको छ ।

    यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा रुपन्देहीका २३, ३० र ४० वर्षीय पुरुष र कपिलवस्तू खैरातीका ३५,३७ र ५२ वर्षीय तीनजना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    साथै गुल्मी मदाने गाउपालिकाका ३१ वर्षीय पुरुमा संक्रमण पृष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । उनीहरु मध्ये तीन जनाको निधन भएको छ भने ८७ जना निको भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...