News Portal

  • नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु

    भक्तपुरपोष्ट संवाददाता१३ जेष्ठ २०७७
    १२७२ पटक
    १३ जेष्ठ २०७७

    भक्तपुर । भक्तपुरको नयाँठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका प्रहरीको मृत्यु भएको छ ।

    सोमबार राती साढे ९ बजे काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेका दुई टिफरहरु एकआपसमा ठक्कर खाँदा महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत प्रनानि निम बहादुर घर्तीको मृत्यु भएको हो ।

    मध्यपुर ठिमी नपा ४ नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४७०१ नं को टिफर पछि पछि संगै आउदै गरेको बा ४ ख ४३१८ नं. को टिफरहरु एकैसाथ नयाँठिमी बालकुमारी चोकको बिचको रेलिङलाई हान्दै अनियन्त्रित भई अगाडी बढ्दै जाँदा ईप्रका रुकुमकोट पुर्वी रुकुम दरबन्दी भई हाल महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रहेका घर्तीको मृत्यु भएको हो ।

    सोही क्षेत्रमा गस्तीमा रहेका प्रनाउ ऋषिराम कडेलको टोली तत्कालै पुगी घाईते र्घीलाई उपचारार्थ मध्यपुर ठिमी अस्पताल भक्तपुरमा प्राथमिक उपचार गराई टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारका लागी नर्भिक अस्पताल थापाथली लगी उपचार हुँदाहुदै घर्तीको आज मंगलबार बिहान ०५ः१५ बजे उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिशर भक्तपुरका सूचना अधिकारी प्रनाउ दिपक गिरीले जानकारी दिए ।

    दुर्घटना गराउने दुबै सवारी साधन र दुबै चालकलाई नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गराउदा बा ४ ख ४३१८ नं को टिफर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाईएको प्रनाउ गिरीले जानकारी दिए ।

    पानी परी सडक भिजेको अवस्थामा लापरवाही तरिकाले तीब्र गतिमा सवारी साधन चलाएकोले गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न बुझिन आएको, घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बा ४ ख ४७०१ नं को टिफर चालक जिल्ला धादिङ थाक्रे गापा–८ बस्ने वर्ष ४० का राजेन्द्र प्याकुरेल र बा ४ ख ४३१८ नं.को टिफर चालक जिल्ला भक्तपुर भक्तपुर नपा–३ बस्ने वर्ष ४४ को राकेश सैँजु रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...