News Portal

  • एकैदिन थपिए ११४ संक्रमित, संक्रमित हुनेको संख्या ८८६

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ जेठ
    ९५० पटक
    भक्तपुर, १४ जेठ

    नेपालमा एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार  विभिन्न जिल्लामा गरी यति ठुलो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो हालसम्मकै उच्च वृद्धि हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा‍‍‍‍ विकास देवकोटाले ११४ संक्रमित थपिएको पुष्टि गरे । यस संगै संक्रमित हुनेको  संख्या ८८६ पुगेको डा देवकोटाले जानकारी दिए । उनका अनुसार आज थपिएका सबै संक्रमित विभिन्न क्वारेन्टाइनमा रहेका थिए ।

    झापा, सप्तरी, रौतहट, मकवानपुर, बाके बाग्लुङ्ग लगायतका जिल्लामा आज संक्रमित थपिएका हुन् ।

    भारतले रेल सेवा सुचारु गरी प्रवासी नेपाली लाई सीमामा ल्याई छोडेसंगै भारत बाट नेपाल प्रवेश गर्नेको दर बढेको छ । यस संगै कोरोनाको वृद्धिदर पनि बढेको बताएइको छ ।

    हालसम्म ४७ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको छ। कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ४ रहेको छ भने १८३ निको भएर डिस्चार्जभै घर फर्की सकेका छन् ।

    प्रदेशगत रूपमा हेर्दा प्रदेश १ मा १ सय ३, प्रदेश २ मा ३ सय २४, वागमती प्रदेशमा ३९, गण्डकी प्रदेशमा १३ जना, प्रदेश ५ मा ३ सय ६५ ,कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको अवस्था छ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...