News Portal

  • थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

    इभक्तपुर संवाददाता२५ जेष्ठ २०७७
    ७८७ पटक
    २५ जेष्ठ २०७७

    काठमाडौँ  । नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् ।

    संक्रमित हुनेमा झापाका २ जना, सुनसरीका २ जना, मोरङका ३ जना, धादिङका १ जना, रौटहटका १ जना, धनुषाका १ जना, सिरहाका २ जना, कालिकोटका ३ जना, दाङका २ जना, प्युठानका १ जना, रोल्पाका १ जना, कपिलवस्तुका १ जना, दैलेखका ३ जना, सल्यानका २८ जना, सुर्खेतका २० जना, सर्लाहीका ५७ जना, कपिलवस्तुका ९ जना, महोत्तरीका ५ जना, सर्लाहीका १८ जना, सिन्धुपाल्चोकका १ जना र उदयपुरका ३ जना रहेका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७० हजार ७३२ जना रहेका छन् ।

    त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ९६८ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६७ रहेको छ ।

    मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ९६ हजार २०५ परीक्षणहरु गरिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...