News Portal

  • असार १ पछि लकडाउन खुकुलो पार्दै जाने सरकारको यस्तो छ तयारी

    भक्तपुरपोष्ट संवाददाता२७ जेठ २०७७
    ९२२ पटक
    २७ जेठ २०७७

    काठमाडौँ  । सरकारले १० चरणमा लकडाउनलाई खुकुले गर्ने गरी प्रस्ताव गयार गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको हो ।

    त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको जनाइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरुले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

    उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेस गरिएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सबै सुरक्षा अंगका प्रमुखहरु र विभिन्न मन्त्रीहरुबीच उक्त प्रस्तावलाई लिएर छलफल भएको थियो । छलफलका आधारमा १० चरणको लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिष्कृत गर्न लागिएको सचिव विडारीले जानकारी दिए ।

    आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाएर लकडाउनलाई खुकुलो बनाउन उच्चस्तरीय समितिले सुरुमा तीन चरणको मोडालिटी अघि सारे पनि अहिले १० चरणको नयाँ मोडालिटीलाई नै अघि बढाउने लक्ष्य राखिएको छ । सचिव विडारीले आइतबार मोडालिटीको मस्यौदा प्रधानमन्त्रीसामु प्रस्तुत भएपछि आएका सुझावहरुका आधारमा संशोधन गरेर अन्तिम रूप दिन लागिएको बताए । १० चरणमा लकडाउन खुकुलो बनाउने मोडालिटीमा हरेक दुई सातामा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आर्थिक र सामाजिक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउँदै लैजाने उल्लेख छ ।

    स्रोतका अनुसार आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीसामु एक मन्त्रीले सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणको सवालमा राजनीतिक रूपमा सफल नेतृत्व गर्न नसकेको गुनासो गरेका थिए । तर, प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वमा नभई सरकारी निकायहरुबीचमा राम्रो समन्वय नहुँदा मात्र केही समस्या देखा परेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...