काठमाडौँ । पछिल्लो २४ घन्टामा भक्तपुरमा १ सहित थप ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय १० महिला र ५ सय १९ पुरुष गरेर ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको बताए ।
बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ ।
अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । बुधबार १ सय १४ जना संक्रमित डिस्चार्ज भएसँगै अहिलेसम्म २ हजार ३ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
याे पनि
मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा
जिल्लागत संक्रमित विवरण
कैलाली १०३
झापा ११
सुनसरी १
मोरङ १
सप्तरी ६
धनुषा २०
महोत्तरी १२
सर्लाही १
वैतडी ४
बाजुरा ७
डोटी ४८
कैलाली ४८
कञ्चनपुर ८६
पर्वत २
रौतहट ४४
सर्लाही २०
धादिङ २
काठमाडौं १
चितवन १
तनहुँ १
स्याङ्जा ७
नवलपरासी पूर्व ५
पाल्पा १५
भक्तपुर १
अछाम २३
गोरखा ३
कास्की ४
बागलुङ ९
कास्की ५
लमजुङ ५
पर्वत १
गुल्मी ५
कपिलवस्तु १
रुपन्देही १
बाँके ९
बर्दिया १
दाङ ७६
प्यूठान १०
जाजरकोट १
सुर्खेत १४
दैलेख ४
कालिकोट १
बाजुरा १