मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा

बुधवार भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित व्यक्ति भक्तपुरबासी नभएको थाहाँ भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिंग कार्यक्रममा भक्तपुरका १ सहित ६ सय २९ नयाँ संक्रमित भेटिएको भनेको थियो । भक्तपुरको प्रहरी प्रमुख रहेकी एसपी तारादेवी थापाले भक्तपुरको संक्रमित भनिएका व्यक्ति भक्तपुरबासी नभएको पुष्टि गरेकी हुन् । भक्तपुरपोस्ट संग कुरा गर्दै एसपी थापाले भनिन्, ” उहाँको ठेगाना भक्तपुर रहेपनि उहाँ काठमाडौंबासी हो । भक्तपुरबासी होइन ।” एसपी थापाका अनुसार भक्तपुरका संक्रमित भनिएका व्यक्तिको भक्तपुरमा बसाइ र प्रवेश दुवै देखिएको छैन । भक्तपुर जन्मस्थान रहेपनि उनी काठमाडौंमा बस्दै आएका थाहाँ भएकाे छ । उनी केहिदिन अघि विदेशबाट फर्किएर काठमाडौंकै एक क्वारेन्टाइनमा रहेका र त्यहीँबाट चेकजाँच गर्दा कोरोना संक्रमण देखिएको बताइएको छ । यस अघि असार छ गते भक्तपुरमा ७ जनामा संक्रमण भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको थियो । उनीहरु पनि भक्तपुरबासी नभई भक्तपुरको क्वारेन्टाइनमा रही स्वाब जाँचका लागि पठाइएका विदेशबाट फर्किएका उपत्यका बाहिरका व्यक्तिहरु रहेका … Continue reading मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा