जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाँउकी एक ११ वर्षिया बालिकाकाे बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त भारत उत्तर प्रदेशका ३२ बर्षिय दिपु सिंह हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन मार्फत सिंहलाई सार्वजनिक गरेकाे हाे । सिंह जनकपुरधाम २१ कुर्थास्थित चौधरी एण्ड मिश्र इन्डष्ट्रिजमा कार्यरत थिए । गत बुधबार त्याहाँ आँप टिप्न गएकी बालिकालाई आँप दिने प्रलोभन देखाइ उनले बलात्कार गरेको र त्यसपछि हत्या गरेकाे अनुसन्धान बात खुलेकाे प्रहरीकाे भनाइ छ ।
बालिकाको हत्या गरी कम्बलमा बेरेर दुधमति नदि किनारको झाडीमा फालेको सिंहले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।
तस्विर : जयन्त ठाकुर, जनकपुरधाम