News Portal

  • भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना प्रहरीकाे फन्दामा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ असार
    १५७२ पटक
    भक्तपुर, २४ असार

    भक्तपुरमा मास्क नलगाई हिँडडुल गर्ने ४८ जना मानिसहरु प्रहरीकाे फन्दामा परेका छन् । बुधबार मास्क नलगाई हिँडडुल गरिरहेकाे अवस्थामा प्रहरीले उनीहरुलाइ कार्वाही गरेकाे हाे ।

    बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मकाे समयमा मास्क नलगाई हिडडुल गर्ने ४८ जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए । परिसर तथा अन्तर्गतका प्रहरी कार्यालयहरुबाट तैनाथ प्रहरीहरुले ४८ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरेका थिए । अटेर गरेर मास्क नलगाई हिडेका कारण नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाउनु परेकाे उनले बताए ।

    मास्क नलगाई हिँडडुल गर्नेलाइ संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही तथा जरिवाना गर्नु भन्ने गृह मन्त्रालयको निर्देशन बमाेजिम उनीहरुलाई प्रति ब्यक्ति १ सय रुपियाँ जरिवाना गरी छाडिएको जिप्रका भक्तपुरले जनाएकाे छ ।

    पछिल्लाे समय  मानिसहरु लापर्वाह बनेपछि मास्क नलगाई हिँडडुल गर्न नदिन गृह मन्त्रालयले  जिप्रकालाइ निर्देशन दिएकाे छ ।भक्तपुरमा साेमबार मात्रै ९ जना काेराेना संक्रमित थपिएका छन् भने मंगलबार ४ जना संक्रमित थपिए । बुधबार भने यहाँका कसैमा पनि संक्रमण देखिएकाे छैन । हालसम्म जिल्लाकाे संक्रमित संख्या ४२ रहेकाे छ ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले काेराेना भाइरसकाे संक्रमण नियन्त्रणका लागि थप सतर्क बन्न अनुराेध गरेकी छन् । उनले मास्क र सेनिटाइजरकाे प्रयाेग र सामाजिक दूरी कायम राख्नु सबैकाे कर्तब्य भएकाे बताइन् । सचेत भएर लकडाउन पालना नगरे स्थिति भयावह हुनसक्ने उनकाे चेतावनी  छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...