News Portal

  • स्वस्थ आलाेचनालाई सधै स्वागत गर्छु, बर्दीमा दाग लगाउँन दिन्न : आइजीपी शैलेस थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असार
    १२८६ पटक
    भक्तपुर, २५ असार

    भक्तपुरकाे कटुन्जे घर भएका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) शैलेस थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्राप्त गरेका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बीच गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

    उक्त विशेष समारोहलाई सम्बोधन गर्दै आइजीपी थापाले आफू देश, जनता र प्रहरी संगठनकाे सेवामा निःस्वार्थ भावले लागिरहने प्रतिबद्धता प्रकट गरेका छन् । आफ्नाे बलबुता र विवेकले भ्याएसम्म आफू देश, जनता र प्रहरी संगठनकाे सेवामा निःस्वार्थ भावले लागिरहने उनले प्रतिबद्धता प्रकट गरेका हुन् ।

    आइजीपी थापाले आफूले प्रहरी संगठनलाइ ब्यक्तिगत लहडमा नभइ विधिसम्मत ढङ्गले चलाउने बताए । संविधान, एेननियम, कानुन र निर्देशनले तोकिएको जिम्मेवारीबाट सिंगो संगठन दायाबायाँ नहुने उनले दावी गरे ।

    आफ्नो स्वभाव नै नम्र भए पनि गलत गर्नेहरुका लागि आफू असाध्यै कठाेर रहेकाे उनकाे भनाइ छ । बर्दीमा दाग लगाउने छुट कसैलाई नभएको बताउदै उनले भने, ”“कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारबाही गरिन्छ ।”

    प्रहरी महानिरीक्षक एक्लैले केहि गर्न नसक्ने भन्दै उनले आफ्नो सफलता देश, सरकार र संगठनको सफलता संग जोडिएकोमा जोड दिएका छन् । असल सहयाेगी र स्वस्थ आलाेचनालाइ आफूले सधै स्वागत गर्नेसमेत उनले उद्घोष गरे ।

    २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका  थापाले नेपाल प्रहरीकाे सर्वाेच्च पद प्राप्त गरेका हुन् । नेपाल सरकारले मंगलवार उनलाइ २८ अैां प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे ।उनी माता अलैची र पिता शम्भु थापाका कान्छा छाेरा हुन् । उनका पिता पनि नेपाल प्रहरीकाे निवृत्त डीआइजी हुन् । शैलेस थापा नेपाल प्रहरीकाे सर्वाेच्च पदमा पुगेसंगै उनकाे परिवारमा मात्र हाेइन, सिंगाे कटुन्जे र भक्तपुरबासीमा समेत खुशीयाली छाएकाे छ । उनकाे कार्यकाल प्रहरी संगठनकाे क्षमता, इमान्दारिता र ब्यवसायिकता अभिबृद्धिका लागि स्मरणीय रहने उनका साथीभाइ र शुभचिन्तकहरुले बिस्वास ब्यक्त गरेका छन् ।

    याे पनि

    भक्तपुर कटुन्जेका शैलेस थापा क्षेत्री २८ अैां प्रहरी महानिरीक्षक नियुक्त

    भक्तपुरका थापा यसैसाता प्रहरी महानिरीक्षक बन्ने

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...