नेता कमरेडहरुलाई खुलापत्र, धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ : प्रदीप ज्ञवाली

नेता कमरेडहरु ! विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ । विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको ाजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँे हुने त होइन ? यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ । हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ । नेता कमरेडहरु ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्र्ताहरुको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ । अग्रमोर्चा कमजोर हुँदा … Continue reading नेता कमरेडहरुलाई खुलापत्र, धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ : प्रदीप ज्ञवाली