News Portal

  • रोटरी क्लब अफ कपिलवस्तुमा पद हस्तान्तरण

    सीताराम चौधरी/कपिलवस्तु३ श्रावण २०७७
    ९०५ पटक
    ३ श्रावण २०७७

    कपिलवस्तु । रोटरी क्लब अफ कपिललस्तुमा पद हस्तान्तरण गरिएको छ । जिल्लाको चन्द्रौटास्थित शिवराज रेष्टुरेन्टको सभाहलमा सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जोन २०१९/०२० का अध्यक्ष ज्ञानु प्रसाद पोखरेललले जोन २०२०/२०२१ का अध्यक्ष विष्णु प्रसाद भट्टराईलाई पदभार हस्तारण गरेका हुन् । कार्यक्रममा अध्यक्ष भट्टराईले २०२०/२०२१ का सम्पूर्ण बोर्ड सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    पद हस्तान्तरण गर्दै पोख्रेलले आफ्नो एक वर्षे कार्यकालमा गरेका महत्त्वपूर्ण कामका बारेमा जानकारी गराउँदै एक वर्षको अवधिमा रोटरीले कोराना सचेतना अभियान, नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान लगायतका कामहरु सम्पन्न गरेको उद्घोष गरे । पोख्रेलले पद हस्तान्तरण गर्दै नयाँ अध्यक्ष भट्टराईलाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना समेत दिए ।

    कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन कुमार केसीले रोटरी क्लवले विश्वमै सामाजिक कार्यमा अग्रपंक्तिमा रहेको बताउँदै विश्वमै पोलियो उन्मुलनमा रोटरीको योगदान उच्च रहेको बताए । केसीले रोटरीले स्थानीय सरकारसँग हातेमालो गरेर सामाजिक कार्यमा आफ्नो छवि सधैं उच्च राख्न सुझाए ।

    कार्यक्रममा नगरप्रमुख नेत्रराज अधिकारी नयाँ समितिका पदाधिकारीहरूको कार्य सफलताको शुभकामना दिँदै सामाजिक कार्यमा रोटरीसँगै हातेमालो गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे । नगरका नागरिकहरुमा लागेको प्रत्येक चोटमा रोटरीले मलम लगाएको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य गर्नुपर्ने नगरप्रमुख अधिकारीले बताए ।

    नगर उप–प्रमुख शिवकुमारी थारुले रोटरीले नगरवासी हितमा काम गरेको भन्दै आगामी दिनमा अझै गाउँबस्तीमा पुग्न सफल रहोस् भनी नव निर्वाचित पदाधिकारी बधाई तथा तथा सफलताको शुभकामना व्यक्त गरिन् ।

    पदभार ग्रहण गर्दै अध्यक्ष भट्टराईले आगामी कार्ययोजनाको बारेमा जानकारी गराउँदै अबको एक वर्षभित्र वृक्षरोपण, कर तथा लेखा सम्बन्धी तालिम संचालन गर्ने, स्वास्थ्य शिविर, तौलिहवामा सेटेलाइट क्लब गठन, न्यानो कपडा बितरण लगायतका कामहरु गर्ने योजना अघि सारे ।

    कार्यक्रममा क्लवका चार्टर प्रेसिडेण्ट टोपलाल पोखरेल, पास्ट प्रेसिडेन्ट महादेव पोख्रेल, तोयानाथ गैरे, प्रकाश पौडेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा सहभागी अतिथि तथा संचारकर्मीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...