News Portal

  • आफ्नै भान्जाको हत्यारा १३ वर्षपछि पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ४ साउन
    ७८१ पटक
    भक्तपुर, ४ साउन

    आफ्नै भान्जा नाता पर्ने ११ वर्षीय रोहित गुप्ताको अपहरण पश्चात हत्या गर्ने अभियुक्त भारत मुजफ्फरपुर नगर थाना आखाडाघाट ठेगाना भएका ४५ वर्षीय राजेश कुमार गुप्तालाई घटनाको १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले गुप्तालाई सर्लाही मलंगवा-८ गोरखकालीबाट पक्राउ गरेको हो ।

    भारत बिहार सितामढी मुजफ्फरपुर घर भई काठमाडौं महानगरपालिका-२२ खिचापोखरी बस्ने राई स्कुल जोरपाटीमा अध्ययनरत रोहित २०६४ असोज २४ गते बेलुका घरबाट निस्केकोमा राति अपरिचित व्यक्तिले टेलिफोनमार्फत उनको बुबासँग छोरा अपहरणमा परेकोले २ लाख ५० हजार रुपैयाँ फिरौति रकम दिएमा मात्र छोरा छाड्ने जानकारी गराएका थिए । फिरौति रकम प्राप्त भए पश्चात पनि बालक अपहरण मुक्त नभएको र खोजतालस गर्ने क्रममा २०६४ असोज २७ गते बेलुका काठमाडौं महानगरपालिका-३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटिमा प्लाष्टिकको बोरामा पोको पारी फालेको अवस्थामा रोहितको शव फेला परेको थियो ।

    अनुसन्धानको शिलशिलामा बालक अपहरण तथा हत्याको योजनाकार रोहितकै मामा राजेशले काठमाडौं खिचापोखरीमा रहेको पसलमा काम गर्ने धादिङ घर भएका बिष्णु सुनार समेतले जादु सिकाउने बाहनामा रोहितलाई बोलाई गोप्य कोठामा लगि बन्धक बनाउने क्रममा रोहित चिच्याउन लाग्दा राजेशले मुख थुनी दुवै जनाले घुडाले थिचेर रोहितको हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

    घटना पश्चात राजेशले मृतकको बुबासँग फिरौति वापत २ लाख रुपैयाँ लिई थानकोटतर्फ गाएको र ट्याक्सीमा सवार अपरिचित व्यक्तिहरुले सो रकम लिएर गएको बहाना बनाउनुका साथै बालकको शवलाई बोरामा प्याक गरी भरियालाई व्यापारको खुद्रा सामान हो भनी कमलादीस्थित सडकमा फ्याकेको खुल्न आएको हो ।

    घटना पश्चात मृतकको बुबालाई समेत झुक्यानमा पारी उनीसँगै प्रहरी कार्यालयमा गई केही समयसम्म खोजतालस गरेको बहाना समेत गरी त्यसपछि फरार भएका थिए । घटनामा संलग्न बिष्णु सुनार २०६४ मंसिर १२ गते पक्राउ परी हाल कारागारमा रहेको उक्त महाशाखाले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...