News Portal

  • तीनै तहमा नेकपाको सरकार छ, बजेटको चिन्ता नगर्नुस् : नेता ढकाल

    चागुनारायण,९ साउन
    ११६५ पटक
    चागुनारायण,९ साउन

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव डिपी ढकालले बजेटको अभावले भक्तपुरको बिकास निर्माण नरोकिने बताएका छन् । आफ्नो र पार्टीको पहलमा सम्पन्न बिकास निर्माणका कार्यहरूको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन् ।

    शुक्रबार चागुनारायण-३ झौखेलमा गत आर्थिक वर्षमा सम्पन्न बिकास निर्माण कार्यको अवलोकन गर्दै नेता ढकालले बिकासनिर्माण जनतासंग जोडिएको हुनुपर्नेमा जोड दिए । उक्त क्षेत्रमा गत आर्थिक वर्षमा निर्माण भएका सडक, पाटी, पधेरा, चौतारा लगायत अधिकत्तम जनताको हित हुने गरि निर्माण सम्पन्न गरेकोमा उनले उपभोक्ता समितिप्रती सन्तोष ब्यक्त गरे ।

    अवलोकनका क्रम्मा उनले थप कामका लागि आवश्यक बजेट यो आर्थिक वर्षमा प्राप्त हुने बताउदै निर्माण कार्य मितब्ययी,दीगो र जनअपेक्षा अनुरुप गर्न निर्देशन दिए । “तीनै तहमा नेकपाको सरकार छ, बजेटको चिन्ता नगर्नुस् तर काम ब्यवस्थित र जनअपेक्षा अनुरुप गर्नुस् । ” उनले भने ।

    सो अवसरमा उनले उक्त क्षेत्रमा पहिरोको जोखिममा परेका ठाउँहरुको समेत स्थलगत निरीक्षण गरेका थिए । साथै उनले स्थानीयलाई  पहिरोको जोखिमबाट सुरक्षीत राख्न पूरै पहल गरिने बिस्वास दिलाउदै सक्रिय सहयोगका लागी स्थानीय पार्टी पङ्तिलाइ निर्देशन समेत दिए ।

    उक्त अवसरमा गृहमन्त्री रामबहादुर थापाका स्वकीय सचिव समेत रहेका नेकपा भक्तपुरको जिल्ला कमिटी सदस्य बिरु तामाङ सुदिप, अर्का जिल्ला नेता दिनेश थपलिया त्यसैगरी कृष्ण प्रसाद दाहाल, सुमन दाहाल लगायतका स्थानीय नेताहरू समेत सहभागी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...