News Portal

  • पुसदेखि चुप मन्त्रीसंग माग : नगरकोट सडकको ठेक्का सम्झौता रद्द गरी शिघ्र सडक निर्माण होस्

    संजीप शुभचिन्तक भक्तपुर, ११ साउन
    १९४० पटक
    भक्तपुर, ११ साउन

    भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडकको दुरावस्थाबारे संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गलाई अवगत गराइएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव डीपी ढकालको अग्रसरतामा जिल्ला अध्यक्ष बचन देउजा नेतृत्वको टोलीले सडकको दुरावस्थाबारे अवगत गराएको हो ।

    आइतवार सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको भक्तपुरको डेलिगेसन टोलीले उक्त सडक प्रयोग गर्न नसकिने अवस्था भएको जानकारी गराएकाे छ । उक्त अवसरमा चाँगुनारायण क्षेत्रबाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार समेत रहेका नेकपाका जिल्ला सचिव डिपी ढकालले ठेक्का तोडेर नयाँ प्रक्रियामा जान पर्ने आवश्यकता औल्याएका थिए । ”छ वर्ष सम्म सम्झौता अनुरुप कार्य नगर्ने ठेकेदारको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जानुपर्यो ।” नेता ढकालले मन्त्रीसंग माग गरे । मन्त्री नेम्बाङ्गले आफू पनि यस विषयमा गम्भीर रहेको भन्दै नयाँ प्रक्रिया बाट छिट्टै सडकको स्तरोन्नति गर्ने प्रतिवद्धता प्रकट गरेका थिए । उक्त अवसरमा समाजसेवी राम तिमल्सिना,नेकपाका नेता विष्णु तामाङ्ग,सन्त बहादुर वाइवा वडा अध्यक्ष, पर्यटन व्यवसायी नबिन गुरुङ , धिरज तामाङ्ग र राजु सुबेदी लगायतकोसमेत सहभागिता रहेको थियो ।

    के हो समस्या
    कमलविनायकको भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडक लामो समयदेखि बन्न नसक्दा सडक प्रयोगकर्ताको बिजोग हुने गरेको छ । वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने यस सडकका कारण सडक प्रयोगकर्ता सास्ती खेप्न बाध्य छन् ।

    सडक स्तरोन्नति गर्ने ठेक्का पाएको कम्पनीले समयमै काम नसक्दा यो राजनीतिक पार्टीहरुका लागि समेत राजनीतिक मुद्दाको विषय  बनेको छ । गत उपनिर्वाचनमा समेत यो विषयले निकै चर्चा पाएको थियो ।

    मन्त्रीद्वारा अनुगमन
    मन्त्रलयका सचिव र सडक बिभागका महानिर्देशकसहितको विशेष सरकारी टोलीको नेतृत्व गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गले गत पुसमा नै यस सडकको स्थलगत अनुगमन गरेका थिए । उक्त अवसरमा नेकपाका एक दर्जन नेताहरु, जिल्लाका सीडीओ र एसपी समेत सहभागी रहेका थिए । नेकपा केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेत, पार्टीका जिल्ला सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, जिसस प्रमुखसमेत रहेका नेकपा प्रदेश सदस्य नवराज गेलाल, नेकपाका भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजा, सचिव डीपी ढकाल लगायत नेताहरुले सडकको अवस्थाबारे मन्त्रीलाई उतिबेलै अवगत गराएका थिए ।

    उक्त अवसरमा निर्माण कम्पनीलाई विशेष निर्देशन दिंदै मन्त्री नेम्बाङ्गले अब काम नगर्ने कुनै पनि बहाना स्वीकार नहुने चेतावनी दिएका थिए । जनताले ज्यादै नै सास्ती पाइसकेको गुनासो आएको बताउदै उनले काम नगरेर बहाना मात्र गर्ने निर्माण कम्पनीलाई आफ्नो कार्यकालमा उन्मुक्ति नहुने उद्घोष समेत गरेका थिए । ” हिजोको जस्तो अब चल्दैन । नयाँ परिस्थितिमा नयाँ ढंगले काम गर्नुस । कुनै पनि बहानामा काम रोक्ने र थपिएको समयमा सम्पन्न नगर्ने परिपाटी अब सह्य हुँदैन ।” निर्माण कम्पनीका प्रतिनिधिलाई मन्त्रीले आदेश दिएका थिए । तरपनि उनी पुसदेखि चुप छन् ।

    यसकारण समयमा सकिएन सडक निर्माण

    भारततीय एक्जिम बैंकको ऋण सहयोगमा सडक सुधार आयोजना अन्तर्गत तत्कालिन बाबुराम भट्टराइ नेतृत्वको सरकारको पालामा योजना स्वीकृत भएको करीब १६ किमीको यो सडक खण्ड चौडा गरी कालोपत्रे गर्न भारतीय कम्पनी एआइसीपिएल र नेपाली कम्पनी एससीपिएल (शैलुङ कन्स्ट्रक्सन) काठमाडौंले संयुक्त ठेक्का पारेको  थियो । ०७१ असार मसान्तमै निर्माण सम्पन्न गरिने गरी ठेक्का स्वीकार गरेपनि यी दुई कम्पनीले काम सम्पन्न गर्न सकेनन ।

    निर्माण कम्पनीले नाकाबन्दी, भूकम्प लगायत कारण देखाए पनि आफूले पाउनुपर्ने पैसा नपाउदा काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि सुदन गौलीले सुनाए । गौलीका अनुसार सडक बिस्तारमा केहि स्थानीयको समेत असहयोग हुँदा काममा केहि समय ढिलाई भएको थियो ।  करीब ५० प्रतिशत मात्रै काम सकेर फरार रहेको कम्पनी मङ्सिरबाट मात्र पुन: देखिनेगरी काममा जुटेको थियाे ।तर, उसले फेरि काम राेकिदियाे ।
    नेकपालाई प्रतिष्ठाको विषय

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत उपनिर्वाचनमा यस क्षेत्रबाट हार ब्योहोर्न बाध्य भयो । गजबको कुरा त के भने नेकपाका उम्मेदवार डीपी ढकाल यो सडक आयोजनाका पहलकर्ता नै थिए । उनी तत्कालिन अर्थमन्त्री वर्षमान पुनको प्रमुख स्वकीय सचिव रहेका बेलामा यो आयोजनाले स्वीकृती पाएको थियो । तर उनले त्यसको जस लिन नपाइ समयमै सडक नबनाएको अपजस उनको पार्टीले पायो । जसलाई उनको हारको एक कारण समेत मानिंदै आएको छ । किनभने चुनावको बेला प्रतिस्पर्धी पार्टी र उम्मेदवारले केन्द्रीय सरकार र स्थानीय सरकारमा समेत नेकपाको नेतृत्व रहँदा बाटोको बेहाल बनेको र उक्त बाटोका ठेकेदार शारदा प्रसाद अधिकारी नेकपा अध्यक्ष प्रचण्डका घरबेटी भएको कुराको निकै नै प्रचार गरेका थिए । यसकारण याे सडक  नेकपालाई प्रतिष्ठाको विषय बनेकाे देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...