News Portal

  • काठमाडौंमा डेरागरी बस्ने डेरावालाहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, १४ साउन
    १४२७ पटक
    काठमाडौं, १४ साउन

    लामो समय लकडाउन हुँदा काठमाडौंमा डेरा गरीबस्ने डेरावालहरुमध्ये ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको छ। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले गरेको कोभिड–१९ को प्रभाव सम्बन्धी सर्वेक्षणले ८१ प्रतिशतलाई कोठाभाडा तिर्नै समस्या भएको देखाएकाे हाे ।

    चैत, बैशाख र जेठ महिनामा घरभाडा तिर्न नसक्नेको संख्या उच्च रहेको सर्वेक्षणले जनाएकाे छ। आर्थिक कारोबार ठप्प हुनु र व्यापार व्यवसाय पूर्णरुपमा बन्द हुनुले यस्तो अवस्था आएको सर्वेक्षणको निष्कर्ष रहेको हाे ।

    सर्वेका अनुसार ५०.२ प्रतिशतको मुख्य आम्दानीको स्राेत जागिर रहेको छ । १६.८ ले आफ्नै व्यवसायबाट जीविकोपार्जन गर्ने गरेका छन् भने १.४ प्रतिशतले दैनिक ज्यालादारीमा निर्भर छन् । लकडाउनका कारण २७ प्रतिशत मानिसमा मानसिक समस्या परेको छ । १४ प्रतिशतले खाद्यान्नको समस्या भोग्न परेको छ । सामान्य मात्रै प्रभाव परेकोमा बाँकी ४३ प्रतिशत रहेका छन् ।

    कोरोनाको महामारी फैलिन नदिन सरकारले ११ चैतबाट लकडाउन गरेको थियो । आयोगका विज्ञहरुको समूहले जेठ १० देखि २८ गतेसम्म सर्वेक्षण गरेका थिए ।

    लकडाउनका कारण रोजीरोटी गुमाएका १ लाख ८ हजार ३ सय ६६ जना गरिब र असहाय व्यक्तिहरुलाई महानगरपालिकाले राहत वितरण गरेको थियो । ७२ हजार ९ सय १७ लाई महानगरको आफ्नै श्रोतबाट र ३१ हजार ५२५ जनालाई दाताबाट प्राप्त श्रोतबाट राहत वितरण गरेको बताइएकाे छ । महानगरले १ लाख ८ हजार ३ सय ३६ व्यक्तिहरुलाई पटक पटक गरी २ लाख ६५ हजार ४ सय ३३ छाक खाना खुवाएकाे जानकारी गराइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...