
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई कोरोना संक्रमणको जोखिम पाइएको छ । उनको बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि जोखिम बढेको हो ।
श्रोतका अनुसार बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि सभामुख सापकोटा लगायत निवासमा रहनेहरुको स्वाब संकलन गरी परीक्षणको लागि टेकु पठाइएकाे छ ।
पछिल्लो समय लकडाउन खुलेसंगै उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । मानिसहरुले सावधानी त्याग्दा र परीक्षणको दायरा बढ्न नसक्दा संक्रमण ह्वात्तै बढेको हाे ।