News Portal

  • भदौ १ गतेदेखि आन्तरिकतर्फ दैनिक ४८ उडान हुने

    इभक्तपुर संवाददाता
    ६८८ पटक

    काठमाडौँ, २१ साउन । आगामी भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडान स्वीकृति दिएको जनाइएको छ ।

    प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल ट्रङ्क रुट मा ३९ उडान र दुर्गममा हुने उडान स्टल का लागि नौ वटा गरी दैनिक ४८ उडानलाई अनुमति दिइएको छ । उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेका छन् ।
    बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्सलगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेका छन् । कतिपय एयरलाइन्सले उडान तालिका बनाएर प्राधिकरणबाट स्वीकृति पनि लिइसकेका छन् । यस विषयमा प्राधिकरणले औपचारिक निर्णय गरिसकेको छैन ।

    वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताउनुभयो । हेलिकप्टरको उडान थपिनेछ ।

    बुद्ध एयरले १८ उडान अनुमति पाएको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले उडान सञ्चालनका लागि आवश्यक सबैखाले तयारी गरिएको बताउनुभयो । बुद्ध एयरले सबै गन्तव्यमा उडान गर्ने योजनाअनुरुप टिकट बुकिङ खुलाएको उहाँले जानकारी दिनुभयो । बुद्धले ११ एटिआरसहित १३ जहाजमार्फत आन्तरिक उडान गर्दै आएको छ । सामान्य अवस्थामा दैनिक १०० हाराहारी उडान गर्ने बुद्धले बन्दाबन्दीपछिको शुरुआती चरणको उडानमा कम सङ्ख्यामा उडान गर्नेछ ।

    निजी क्षेत्रको अर्को यती एअरलाइन्सले ११ उडान अनुमति पाएको छ । सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल प्राधिकरणबाट अनुमोदन गराई पूर्वाभ्यास गरिरहेको छ । यती एअरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले स्वास्थ्य प्रोटोकल पालना गर्दै दैनिक रुपमा कर्मचारीलाई अभ्यास तथा स्वास्थ्य सर्तकताका सबैखाले तयारी गरिएको जानकारी दिनुभयो ।

    यतीले शुरुमा ११ उडान गर्नेछ । अवस्था हेरेर क्रमशः उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । यतीले सामान्य अवस्थामा दैनिक ७० सम्म उडान गर्दै आएको थियो । यतीसँग हाल पाँच एटिआर र पाँच जेटस्ट्रिमसहित १० जहाज छन् ।

    आठ उडान अनुमति पाएको श्री एयरले पनि आफ्ना गन्तव्यमा सुरक्षित उडानका लागि पूर्वअभ्यासलगायत तयारी गरिसकेको छ । कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले भदौ १ गतेदेखि हुने उडानको सम्पूर्ण तयारी सकिएको बताउनुभयो । पहिला दैनिक २० उडान गर्ने श्रीले पनि भदौ पहिलो साताभर दैनिक आठ उडान गर्नेछ । कम्पनीसँग सिआरजे ७०० र सिआरजे २०० सिरिजका समान दुई जहाज तथा ‘ड्यास एट’ दुई गरी जम्मा छ वटा जहाज छन् ।

    समान तीन उडान पाएको सीता र समिट तथा सीम्रिक एयरले दुई वटा उडान गर्ने अनुमति पाएका छन् । सौर्य एयरलाइन्सको जहाज ग्राउण्डेड रहेकाले उडानको यकिन भएको छैन । विमानस्थलमा प्रतिघण्टा ३५० यात्रुलाई मात्र उडान गर्ने प्राधिकरण र वायुसेवा प्रदायकबीच सहमति भएको छ । यो व्यवस्था भदौको पहिलो हप्ताका लागि लागू गर्ने र सोको आधारमा पुनः भदौ ५ गतेबैठक बसी निर्णय हुने प्राधिकरणले जनाएको छ । पहिलो हप्ता बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उडानका लागि समय निर्धारण गर्ने सहमति भएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...