News Portal

  • संक्रमित कतै तरकारी त कतै पान बेच्दै

    ८५८ पटक

    विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकामा तरकारी एवं फलफूलको व्यापार गर्दै आएका व्यापारीमा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार साँझतिर विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गर्नलाई उनको खोजीका लागि प्रहरी चौकी मटेरुवा र नगर रक्षकको अलग(अलग टोली परिचालित गरिएको थियो ।

    वडाअध्यक्षलाई खबर गरेर प्रहरी सहायक निरीक्षक ताराबहादुर बस्नेतको टोली घरमै पुग्यो । तर उनी घरमा भेटिएनन् । परिवारका सदस्यबाट नम्बर लिएर फोन गर्दा पनि सम्पर्क हुन सकेन । धेरै समयको प्रयासपछि सम्पर्क हुँदा उनी विराटनगर–११ मा रहेको नयाँ गुद्री बजारमा तरकारी बेचिरहेका थिए ।
    उनी गुद्री बजारमा तरकारी बिक्री गरिरहेका छन् भन्ने सुनेर उपचारका लागि लैजान नगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा नगर रक्षकको टोली पुग्यो। टोली पुग्दा उनले काम गर्ने पसलमा तरकारी किन्नेको भीडभाड थियो ।

    गुद्री बजारको पसलमा काम गर्छन् भन्ने कुरा थाहा नहुँदा कोरोना संक्रमण पुष्टि भइसकेका उनको खोजीमा प्रहरी र नगर रक्षकले निक्कै समय खर्चनु पर्यो । उनका दाजु–भाइले स्वाब परीक्षण गराएका थिए । भाइको भने रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ ।

    यसअघि साउन १४ गते बुधबार कोरोना देखिएका अर्का संक्रमित विराटनगरको शनिमन्दिर चौकमा पान बेचिरहेको अवस्थामा भेटिएका थिए । महानगरले पानपसलबाटै एम्बुलेन्समा राखेर आइसोलेसनमा भर्ना गरेको थियो ।

    उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना जाँच गराएका थिए । परीक्षणका लागि स्वाब दिएर पान बेच्न आएका उनको रिपोर्ट पछि पोजिटिभ देखिएको थियो ।

    कोरोनाको शंका लागेर परीक्षणको दायरामा आएकालाई स्थानीय प्रशासन र महानगरले ‘होम क्वारेन्टाइन’ मा बस्न आग्रह गर्दै आएको छ । तर स्वाब परीक्षण गर्न दिएका रिपोर्ट सार्वजनिक नभइकन आआफ्नो काममा व्यस्त हुने गरेको पाइएको छ ।

    ‘परीक्षणको रिपोर्ट नआएसम्म कोरोना लागेको कुरा प्रष्ट हुँदैन,’ महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘सबैले सतर्कता अपनाउनुको विकल्प छैन ।’ अन्नपुर्ण पोष्टबाट

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...