News Portal

  • एकै वर्षमा बने ३४२ झोलुङ्गे पुल

    ८५७ पटक

    काठमाडौं, २३ साउन । गएको आर्थिक वर्षमा ३४२ वटा झोलुङ्गे पुल निर्माया गरिएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशका विभिन्न भागमा ती पुुल निर्माण भएपछि नागरिकलाई काममा धेरै सुुविस्ता भएको छ ।

    मन्त्रालयले गएको आर्थिक वर्षमा पूर्वाधार विकासले राम्ररी गति लिएको जनाएको छ । वार्षिक समीक्षामा दिइएको जानकारी अनुसार ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, ग्राभेल सडक १०५ किलोमिटर, सडक आवधिक मर्मत ५५७ किलोमिटर र सडक नियमित मर्मत सम्भार एक हजार ७१६ किलोमिटर गरिएको छ ।

    त्यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको, ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार तथा ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएका छन् ।
    मन्त्रालयले गत आर्थिक वर्षको योजना र कार्यक्रमबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना गरेको जनाएको छ ।

    मन्त्रालय अन्तर्गतका निकायका समेत गरी ४० अर्ब ९२ करोड र ८० लाख रुपियाँको वार्षिक बजेटमध्ये सङ्घीय सरकारको बजेट २९ अर्ब ९० करोड ५१ लाख रुपियाँ विनियोजन भएको थियो । प्राप्त बजेटमध्ये ५५ प्रतिशत बजेट खर्च भएको थियो । खर्च भएको बजेट मध्येबाट एक लाख दुई हजार ३०१ दिनको श्रम रोजगार सिर्जना भएको मन्त्रालयले जनाएको छ । सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा सात टोली र सात उपसचिवलाई सम्पर्क व्यक्ति तोकी स्थानीय तहको कार्यसम्पादनमा सहजीकरण गरिएको मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिनुभयो ।

    अन्तर मन्त्रालयबीच प्रभावकारी समन्वय हुन नसक्दा कतिपय योजना कार्यान्वयनमा समस्या हुने गरी आगामी दिनमा थप सहजीकरण गरिने उहाँले बताउनुभयो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...