News Portal

  • उपत्यकालाई सट डाउन गर्ने तयारी, कार्यालयहरु आंशिक मात्र खुल्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ साउन
    २०४४ पटक
    भक्तपुर, २२ साउन

    काठमाडौं उपत्यकालाई सट डाउन गर्ने तयारी गरिएको छ । उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि यस्तो तयारी गरिएको हो ।

    सरकारले लक डाउनको विकल्पको रुपमा सट डाउनलाई अघि सारेको छ । पुन लकडाउनको पक्षमा सरकार नभएको सरकारका प्रवक्ता अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गरिसकेका छन् ।

    सरकारले सुचारु अवस्थामा रहेको सेवाहरु बन्द गर्न लागेको हो । अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न लागेको भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको बढ्दो अवस्थालाई हेरेर यो निर्णय गर्न लागेको प्रजिअ पाण्डेले जानकारी दिएकी हुन् ।

    काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा समेत संक्रमण बढ्दै गएपछि कार्यालयहरु नै संक्रमण सार्ने केन्द्र नबनुन् भन्ने अभिप्रायले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न लागिएको बताइएको छ ।

    कार्यालयहरुबाट हुने अत्यावश्यक बाहेक अरु सेवा तत्कालको लागि रोक्ने र आंशिक रुपमा कार्यालयहरु खोल्ने तयारी भएको हो ।जाेखिम बढेकाे भन्दै भक्तपुरस्थित यातायात सेवा कार्यालयले सेवा बन्द गरिसकेकाे छ ।

    अहिले काठमाडौंमा भक्तपुर ललितपुर र काठमाडौ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका इञ्चार्जहरुको सयुक्त बसिरहेको जानकारी प्राप्त भएको छ । यसले सट डाउनको मोडालिटी तयार गर्दैछ ।

    अपडेट : तीनै जिल्लाका सिडिअेाहरु सम्मलित बैठकले आइतवारबाट २ साता सटडाउनमा जाने निर्णय गरेका छन् । जिप्रकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने र अन्य कार्यालय खोल्ने वा नखोल्ने निर्णय कार्यालय प्रमुखले गर्नसक्ने निर्णय भएको बताइएको छ । त्यतिमात्र हाेइन, सटडाउनमा मास्क नलगाउने, सामाजिक दूरी कायम नगरी भीडभाड गर्ने र असुरक्षित तवरले निजी कार्यालय र व्यवसाय चलाउनेलाई कडा कारवाही गर्दै जेल हाल्ने गरि नै प्रस्तुत हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...