News Portal

  • विप्लवका जिल्ला नेता लामा पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ साउन
    ९३८ पटक
    भक्तपुर, २४ साउन

    नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    ३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई इन्कार गरेको छ । भक्तपुरको सूर्यविनायकबाट उनलाई गिरफ्तार गरिएको भनिएपनि काभ्रे प्रहरीले उनलाई रोशी गाउँपालिकास्थित उनकै निवास बाट गिरफ्तार गरिएको जानकारी गराएको हो ।

    प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले मोक्तानलाई अभद्र ब्यवहार कसुर अन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...