News Portal

  • सर्वोच्चमा फेरि गतिरोधः यो साताका सबै मुद्दा स्थगित

    ६७० पटक

    काठमाडौं, साउन २५ । लकडाउनको अन्त्यपछि गति लिएको सवोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ ।

    यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने क्रमले तीव्रता लिएको भए पनि सर्वोच्चमा कार्यरत एक जना कर्मचारीमा संक्रमण भेटिएपछि उक्त कार्यमा पुनः गतिरोध उत्पन्न भएको हो ।

    आज आइतबारका लागि सुनुवाइ गर्न भनी गत साता नै ५८ थान मुद्दा तय गरिएको थियो । कोरोना भाइरसको संक्रमण देखिएपछि ती सबै मुद्दाको सुनुवाइ अव नहुने भएको छ । सवोच्च अदालतका अनुसार ती सबै मुद्दाको सुनुवाइ स्थगित गर्ने निर्णय भएको र सो निर्णय आज सुनाइने भएको छ ।

    सवोच्च अदालतमा कार्यरत कर्मचारीमध्ये १ सय ८० जनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो । त्यसमध्ये केहीको रिपोर्ट आउँदा १ जनामा पोजेटिभ देखिएको सवोच्चले जनाएको छ । त्यसपछि मुद्दाको सुनुवाइ रोक्नुपरेको बताइएको छ ।

    आइतबार सुनुवाइका लागि तोकिएका विषयमध्ये झन्डै १७ थान रिट र बाँकी फौजदारी मुद्दा थिए । यस्तै सोमबारका लागि ३७ थान मुद्दा सुनुवाइका लागि तोकिएको थियो । ती मुद्दा पनि सबै स्थगित गरिएका छन् । यसै गरी मंगलबारका लागि ५८, बुधबारका लागि ४७, बिहीबारका लागि ४५ र शुक्रबारका लागि पनि ४५ थान मुद्दा बहस गर्नका लागि तोकिएको थियो । सवोच्चले यो साताभरि नै ती मुद्दाको सुनुवाइ नगर्ने भएको छ । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...