आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित

आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च संख्या हो। तर आइतबार भक्तपुरका कसैमा कोरोना संक्रमण देखिएको छैन । काठमाडौंमा ९० र ललितपुरमा २ जना गरी आइतवार उपत्यकामा ९२ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ । जसमा काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएका छन् । शनिवार मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा भक्तपुरका ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ आमाछोरा हुन् भने एक युवक रहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जानकारी दिए अनुसार शनिवार संक्रमित हुनेमा २२ महिने बालक र उनकी आमा रहेका छन् । उनीहरु सूर्यविनायक ८ सिपाडोलका हुन् । उनीहरु कोरोना संक्रमण पुष्टि भएका प्रहरी मुख्यालय नक्सालमा कार्यरत प्रहरीका श्रीमती र छोरा भएको बताइएको छ । शनिवार संक्रमण पुष्टि भएपछि उनीहरुको … Continue reading आइतवार उपत्यकामा ९२ कोरोना पोजेटिभ हुँदा भक्तपुर निल, यी हुन् भक्तपुरका शनिवार संक्रमित