News Portal

  • भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ साउन
    १२९८ पटक
    भक्तपुर, २७ साउन

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो ।

    नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनोस्वरुप दिएर बिदाइ गरेका हुन् ।

    उक्त अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा सरुवा भई आउने प्रमुख प्रशासकीय अधिकृतहरु निकै छोटो अवधिमै सरुवा भइजाने हुँदा नगरपालिकालाई काम गर्न अप्ठेरो भएको बताएका थिए भने अधिकृत बस्यालले भक्तपुरले शिक्षा, स्वास्थ्य र सम्पदा पुनःनिर्माणमा उल्लेखनीय काम गरिरहेको र देशकै नमूना नगरपालिकामा बसी काम गर्न पाउनु गौरवको विषय भएको भनेका थिए ।

    बिदाई कार्यक्रममा उपप्रमुख रजनी जाेशी, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरु उपस्थित रहेका थिए ।

    भक्तपुरमा ७ महिनाको कार्यकालमै बस्यालको सरुवा भएको हो । उनी भक्तपुर नगरपालिकाबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...