News Portal

  • बिहिवार भक्तपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

    भक्तपुरपोस्ट संवाददाता२९ श्रावण २०७७
    १५२५ पटक
    २९ श्रावण २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भक्तपुरमा संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

    भक्तपुरमा संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य मन्त्रालयले जनाए पनि  भक्तपुरमा कूल संक्रमित संख्या १ सय २ मात्र भएकाे स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारकाे भनाइ छ । बिहीवार ५ जना संक्रमित थपिए संगै हालसम्म संक्रमितको संख्या १ सय २ पुगेको र यसमध्ये ५३ जना संक्रमित सन्चो भई घर फर्किसकेका स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले जनाएका छन् ।

    यस्तै बिहिवार मात्रै काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १११ र ललितपुरमा ११ जनामा संक्रमण भएको बताए।

    आज थपिएका सँगै काठमाडौं उपत्यकामा १ हजार ५ सय ८१ संक्रमित संख्या पुगेको छ। काठमाडौंमा १२८० र ललितपुरमा १९१ संक्रमित पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

    विहिवार देशभर ५ सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज थपिएका सहित नेपालमा कुल संक्रमित २४ हजार ९ सय ५७ पुगेको छ।
    हालसम्म कोरोना संक्रमणबाट ९५ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...