News Portal

  • चित्तबुझ्दो नतिजा नआएपछि विद्यार्थी आन्दोलित

    ७१९ पटक

    काठमाडौं, ३२ साउन । नेपालका विभिन्न शैक्षिक संस्थामा ए लेभल अध्ययन गरिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन् । यी क्यामपसहरुलाई ए लेभल पढाइको मान्यता दिएको बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा अनियमितता गरेको गुनासो गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

    क्याम्ब्रिजले ए लेभको नतिजा गत साता सार्वजनिक गरेको थियो । कोभिड १९ को संक्रमणका कारणले परीक्षा सञ्चालन गर्न नसकेपछि विश्वविद्यालयले विद्यार्थीको मूल्यांकन गरेर अंक पठाउन सम्बन्धित क्याम्पस र शिक्षकलाई अनुमति दिएको थियो । सोही अनुमतिको आधारमा मूल्यांकन गरेर पठाएको अंकमा व्यापक हेरफेर गरेर विश्वविद्यालयले नतिजा प्रकाशन गरेको विद्यार्थीको आरोप छ । क्याम्ब्रिजले नतिजा प्रकाशन गर्दा ए ग्रेड ल्याउन सक्ने विद्यार्थीलाई डी दिएको छ । डी मात्रै ल्याउने क्षमता भएका विद्यार्थीलाई ए दिएको विद्यार्थीको गुनासो छ ।

    नतिजा सच्याउन माग गर्दै विद्यार्थीले ब्रिटीस काउन्सिल अगाडि धर्ना दिंदै आएका छन् । उनीहरुले चिठ्ठा सार्वजनिक गरे जसरी नतिजा दिन बन्द गर, शिक्षकलाई विश्वास गरु भन्ने प्लेकार्ड बाकेर काउन्सिल अगाडि धर्ना दिएका थिए । काउन्सिललाई पत्राचार गरेर नतिजा सच्याउन उनीहरुले लिखित अनुरोध समेत गरिसकेका छन् ।

    नेपालमा ए लेभलको परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायत अन्य व्यवस्थापन काउन्सिलले गर्छ । मल्पि एकेडेमीमा ए लेभल पढिरहेका एक विद्यार्थीले भने, ‘नतिजामा थुप्रै क्रृटी छन् । राम्रो नतिजा ल्याउने आशामा रहेका विद्यार्थीलाई निराश बनाएको छ । कतिपय विद्यार्थीले सोच्दै नसोचेको ग्रेड पाएका छन् ।’

    नतिजा प्रकाशन भएपछि स्नातक तहमा अध्ययन तयारी गरिरहेका थुप्रै विद्यार्थीहरु नतिजा गडबड भएपछि अध्ययनबाट वञ्चित हुने अवस्था आएको उनीहरुको गुनासो छ । उनले भने, ‘थुप्रै साथीहरु विश्वविद्यालयमा छात्रवृत्तिका लागि छनौटसमेत भइसकेका छन् । उनीहरु नतिजा मात्र कुरेर बसेका थिए । तर अकस्मात नतिजा नराम्रो आएपछि छात्रवृत्तिमा पढ्न पाउनु त कता हो कता, स्नातकमा भर्ना नै हुन नपाउने अवस्थामा पुगेका छन् ।’ अन्नपूर्ण पोस्ट्

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...