News Portal

  • दबाबमा देउवा

    ११०४ पटक

    काठमाडौं, ३२ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति पदमा दोहोरिन चाहन्छन् । उनले सार्वजनिक रुपमा सभापतिमा दोहोरिने घोषणा नगरेपनि आफूनिकट नेताहरुलाई यसबारे प्रष्ट जानकारी गराइसकेका छन् । महाधिवेशनलाई नै लक्षित गरेर देउवाले धमाधम विभाग गठन गर्नुका साथै सदस्य मनोनयनलाई तीव्रता दिनु त्यसैको संकेत हो ।

    तर सभापतिमा दोहोरिने देउवाको चाहना भएपनि अघिल्लो पटक जस्तो सहज भने नरहेको कांग्रेस नेताहरु बताउँछन् । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन उनको समूह एक ढिक्का थियो भने महाधिवेशनको मुखमा तत्कालीन संस्थापन समूह विभाजित बन्न पुग्यो । यतिबेला संस्थापन इतर समूहमा सभापतिका आकांक्षी धेरै भएपनि सबैको एउटै मत छ, ‘सभापतिमा देउवालाई जसरी पनि रोक्ने ।’

    महाधिवेशन नजिकिएसँगै संस्थापन समूहभित्रबाटै उपसभापति विमलेन्द्र निधिले पनि सभापति पदका लागि दौडधुप व्यापक बनाएपछि देउवा थप दबाबमा परेका छन् । ‘उहाँ –निधी) चर्चामा आउन हल्काफुल्का रुपमा कुरा गर्ने नेता होइनन्, ’ देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘उहाँको कुरा सभापतिज्यूले गम्भीर रुपमा सुन्नुपर्छ र त्यसको समयमै निकास दिनुपर्छ ।’

    उपसभापति निधिकै पुस्ताका नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालालगायतले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । विद्यार्थी राजनीति हुँदै नेविसंघको अध्यक्ष, पार्टी केन्द्रीय सदस्य, महामन्त्री र अहिले उपसभापतिको जिम्मेवारीमा रहेका निधिको सभापति पदमा दाबेदारी स्वभाविक भएको संस्थापन समूहकै नेताहरु बताउँछन् ।

    उपसभापति निधीले सभापति देउवालाई भेटेरै सभापति पदमा उठ्ने जानकारी गराइसकेका छन् । साथै उनले देउवाको सहयोगसमेत मागेका छन् । ‘मैले सभापतिका लागि तयारी सुरु गरिसके, तपाईको सहयोगमा म सभापति पदमा उठ्छु,’ बिहीबार दिउँसो दुई नेताबीच वान टु वान वार्तामा निधीले भने, ‘अघिल्लो महाधिवेशनमा अर्को पटक मलाई सहयोग गर्ने वचन दिनुभएकै हो । त्यो सम्झनु्स् । म अगाडि बढिसकेँ ।’

    दुई नेताबीच करिब दुई घण्टा भएको एक्लाएक्लै वार्तामा देउवाले यसपकट आफूलाई सहयोग गर्न र १५ औं महाधिवेशनमा सहयोग गर्ने भनेपनि निधिले अस्वीकार गरेको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

    ‘सभापतिज्यूले यसपटक म आफैँ उठ्छु । अर्कोपटक तपाई नै हो नि भन्नुभयो,’ स्रोतले भन्यो, ‘तर निधिले मान्नुभएन । बरु सभापतिज्यूलाई नै अब नदोहोरिन कन्भिन्स गर्न खोज्नुभयो ।’ निधिले कुनै पनि हालतमा आफू सभापतिमा उठ्ने र कांग्रेसलाई एक ढिक्का बनाउन सर्वसम्मत नेतृत्वका पक्षमा आफू रहेको सुनाएपछि देउवा झस्किएका छन् ।’

    ‘उपसभापति विमलेन्द्र निधि हाम्रो समूहको सेकेण्ड म्यान हो । उहाँले सभापति पदमा लड्छु भन्नुभएको हो तर देउवासँगै प्रतिस्पर्धा गर्छु भन्नुभएको छैन,’ केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले भने, ‘यही टीमबाट मलाई सहयोग गर्नुपर्यो । तपाईको सहयोगमा म चुनाव लड्छु भन्ने उहाँको भनाइ हो ।’

    निधि अन्तिमसम्म देउवालाई दबाब दिँदै जाने रणनीतिमा छन् । यसबीचमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहलगायतसँग आफ्नो उम्मेदवारीबारे छलफल गरेका छन् ।

    ‘सहमतिमा नेतृत्व चयन गरौं र कांग्रेसभित्र गुटको अन्त्य गरौं भन्ने पक्षमा छु । रामचन्द्रजी, प्रकाशमान, शशांकजीसँग छुट्टाछुट्टै कुराकानी भइरहेको छ,’ उनले भने, ‘पार्टीका नेताहरुसँग पार्टी, महाधिवेशन, समसामयीक राजनीतिका बारेमा छलफल हुने कुरा त स्वभाविक होइन र ?’ अन्नपूर्ण पोस्ट्

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...