News Portal

  • उडान रद्द गरिँदा आप्रवासी नेपाली मर्कामा

    इभक्तपुर संवाददाता
    ८९९ पटक

    काठमाडौं, ३ भदौ । सरकारले विदेशमा अलपत्र नेपालीको स्वदेश फिर्ताका लागि तय गरेको उद्धार उडान स्थगित गरेसँगै घर फर्कने तयारीमा रहेका नेपाली थप अन्योलमा परेका छन् ।
    सरकारले विदेशबाट उद्धार गरेर ल्याउने उडान तत्काल स्थगित गरेको हो । सरकारले गठन गरेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबार गरेको निर्णयले सोमबारै

    संयु्क्त अरब इमिरेट्स (यूएई) बाट नेपाल वायुसेवा निगमको जहाज रित्तै फर्कियो ।

    कोरोनाको जोखिम बढ्दै गएपछि गएको चैत पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा हजारौँ नेपाली स्वदेश फर्कन पाएका छैनन् । उनीहरूले सरकारको पछिल्लो निर्णयबाट विदेशमा अलपत्र श्रमिक थप पीडामा भएको भन्दै विरोध गरिरहेका छन् ।

    उडान तालिका दुई दिनमै रद्द
    सरकारले आइतबारदेखि पाँचौँ चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको थियो तर निर्णय सार्वजनिक भएको दुई दिनमै रद्द भयो । पाँचौँ पटक थप ४३ वटा उडानलाई अनुमति दिइएको थियो ।

    यी उडानबाट झण्डै सात हजार नेपाली स्वदेश फर्किन पाउने भनिएको थियो । सोमबार साँझ विदेशबाट ल्याएर राख्न क्वारेन्टाइनको उचित व्यवस्थापन नभएको भन्दै सीसीएमसीले एक्कासि तय भएका उडान रद्द गरेको हो ।

    सीसीएमसीले उडान रद्द गरेका विषयमा छलफल भइरहेको र छिट्टै नै उचित निर्णय हुने श्रम, रोजगारतथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।अहिले काठमाडौं उपत्यकामा पनि कोरोनाको जोखिम बढेको र सरकारले विदेशबाट ल्याइएका नेपालीलाई काठमाडौंमै क्वारेन्टाइनमा राखेर कोरोना सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्रै घर पठाउने निर्णय गरेकाले पनि उडान स्थगित गर्नुपरेको श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताएको छ । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...