News Portal

  • कीर्तिपुरमा सेमिलकडाउन

    इभक्तपुर संवाददाता
    ६३४ पटक

    काठमाडौं, ३ भदौ । कीर्तिपुर नगरपालिकाले तराईका जिल्ला बसोबास गर्ने र २० दिन अघिसम्म तराईका जिल्ला घुम्न गएका स्थानीयको पीसीआर परीक्षण शुरु गरेको छ । नगरपालिकाले रोजगारीको सिलसिलामा कीर्तिपुर भित्रिएकालाई पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।

    कोरोना संक्रमण बढ्न थालेपछि ‘सेमी लकडाउन’ शुरु गरेको नगरपालिकाले २० दिनभित्र सबैको परीक्षण सम्पन्न गर्ने जनाएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले २० दिनअघि तराई पुगेका र घुम्न गएका स्थानीयको परीक्षण शुरु गरेको जानकारी दिनुभयो । नगरपालिकाले सबै स्थानीयलाई सार्वजनिक सूचना जारी गरी पीसीआर परीक्षण गर्न आह्वान गरेको उहाँले बताउनुभयोे ।

    नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिजाल खड्काले कोभिड कमिटी सीसीएमसीको पहलमा मंगलबारबाट पीसीआर परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । कीर्तिपुर नगरपालिकाले सोमबारदेखि कीर्तिपुरबाट चल्ने सार्वजनिक यातायात बन्द गरेको छ । नगरपालिकाले सबै सार्वजनिक यातायात भदौ ९ गतेसम्मका लागि सञ्चालन नगर्ने निर्णय गरेको हो । औषधि पसलबाहेक अन्य पसल र व्यवसायहरु बिहान ७ देखि ११ बजेसम्म मात्र खुला रहने व्यवस्था गरेको छ । मेयर महर्जनले कीर्तिपुरमा कोरोना महामारीका रुपमा फैलन नदिन सो व्यवस्था गरिएको जानकारी दिनुभयो ।

    उहाँले मन्दिर, रेस्टुरेन्टलगायत मनोरञ्जनका सबै स्थल बन्द गरिएको जानकारी दिनुभयो । नगरपालिकाले वाघभैरव, विष्णुदेवी, जलविनायक, आदिनाथलगायत सबै मन्दिर बन्द गरेको छ ।
    प्रवक्ता एवं उपमेयर रिजाल खड्काले जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णय कार्यान्वयन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘केही निर्णय थपेका छौं, थपेका सबै निर्णय कार्यपालिकाको बैठकले अनुमोदन गराएको हो ।’ महामारीबाट बच्ने उपायबारे जानकारी गराउन नगरपालिकाले माइकिङक शुरु गरेको छ ।

    अनुगमनलाई तीव्रता दिएको मेयर महर्जनले बताउनुभयो । उहाँले नगरपालिकाले केही दिनभित्र आफ्नो पीसीआर मेसिनबाट स्वाब संकलन गर्ने कार्य शुरु गर्न लागिएको बताउनुभयो । भन्नुभयो– ‘करिब २३ लाख रुपियाँ लगानीमा ल्याउन लागिएको मेसिन ठेकेदारले केही दिनभित्र नगरपालिकालाई हस्तानतरण गर्ने भएको छ ।’

    नगरपालिकाले कीर्तिपुर अस्पतालमा १० वेडको आइसोलेसन, डेडिकेटेड एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । स्थानीयसहित करिब १ लाख जनसंख्या रहेको कीर्तिपुर नगरपालिकाले सोमबारदेखि ९ गतेसम्म सेमिलकडाउन गरेको हो ।

    प्रवक्ता एवं उपप्रमुख रिजाल खड्काले प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार नगरपालिकाले आंशिक रुपमा बन्द गरेको बताउनुभयो । ९ गतेसम्मका लागि भने पनि आवश्यकताको आधारमा समय थप गर्न सकिने उपमेयर रिजाल खड्काले बताउनुभयो ।

    नगरपालिका क्षेत्रमा भीडभाडलाई पूर्ण निषेध गरिएको छ भने कुनै पनि सवारी सञ्चालन गर्न रोक लगाइएको छ । सबैलाई बिहान ७ देखि ११ बजेसम्म आवश्यक सामग्री खरिद र भण्डारण गर्न निर्देशन गरेको छ । नगरपालिकाले ठाउँ–ठाउँमा प्ले कार्ड राखेर निषेधित क्षेत्र घोषणा गरेको छ ।

    जनतालाई दुःख दिनभन्दा पनि रोगबाट सबैलाई बचाउन यस्तो नियम लागू गरेको मेयर महर्जनले बताउनुभयो । अवस्था सामान्य नभएसम्म यो व्यवस्थालाई यथावत राख्ने तयारी गरेको उहाँको भनाइ थियो । हालसम्म कीर्तिपुर नगरपालिका क्षेत्रभित्र १६ जना संक्रमित भेटिएपछि थप कडाइ गरेको हो । नेपाल समाचारपत्र

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...