नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदा नदिने निर्णय गरेका छन् । कोभिड१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि बिदामा रोक लगाइएको हो ।
दुवै प्रहरी संगठनले मृत्यु संस्कार, सुत्केरी र बिरामी बाहेकका बिदा नदिने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत र सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले बिदामा रोक लगाएको जानकारी दिए ।
बिदामा छाड्दा जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको र अत्यावश्यक बाहेक अन्य बिदामा रोक लगाइएको बताइएको छ ।