News Portal

  • भक्तपुर अस्पतालमा निधन भएका बृद्धमा कोरोना पोजेटिभ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ भदौ
    १४३५ पटक
    भक्तपुर, १२ भदौ

    भक्तपुर अस्पतालमा ज्यान गुमाएका बृद्ध ब्यक्तिमा मृत्युुपछि कोरोना पुष्टि भएको छ । निमोनियाबाट ग्रसित भै उपचाररत उनको कोरोनाको कारण ज्यान गएको हो ।

    साँझ करिब ४ बजे ज्यान गुमाएका उनी भक्तपुर ३ का ८२ वर्षिय स्थानीय जेष्ठ नागरिक भएको अस्पतालका अध्यक्ष मिलन सुवालले बताए । स्वाब लिएर परीक्षण गर्दा उनको मृत्यु पछि रिपोर्टमा कोरोना पोजेटिभ पाइएको अस्पतालकी मेसु डा सुमित्रा गौतमले जानकारी गराइन् ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मृतकको शवलाइ नेपाली सेनाले ब्यवस्थापन गर्ने बताइन् । मृतकको उपचारमा संलग्न स्वास्थकर्मी र मृतकका परिवारलाई क्वारेन्टाइनमा राखी कोरोना परीक्षण गरिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...