News Portal

  • कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

    ८५१ पटक

    काठमाडौं, २३ भदौ । कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।

    सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझावसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यसबाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ ।

    अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ । केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकिने सुझाब पनि दिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । तर, अवस्था कहिले सामान्य हुन्छ भन्ने यकिन नभएका कारण प्रतिवेदनले अन्य विकल्पलाई प्राथमिकता दिएको हो । ‘बोर्ड बैठकले कुन विकल्पलाई प्राथमिकता दिने भन्ने तय गरेर शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाउँछौँ,’ प्रा.डा. पौडेलले भने, ‘हामीले प्रस्ताव गर्ने हो, सरकारले गर्ने निर्णयअनुसार परीक्षा व्यवस्थापन गर्न तयार छौँ ।’
    कोरोना जोखिम कम रहेका जिल्लाबाट सुरु गर्दै धेरै विद्यार्थी भएका विद्यालयसम्म पुग्ने गरी परीक्षा सञ्चालन गर्ने प्रस्तावलाई बोर्ड सचिवालयले बढी प्राथमिकता दिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भएको र त्यसले विश्वभर मान्यता पाउनुपर्ने भएकाले कक्षा–१२ को परीक्षालाई विश्वसनीय बनाउनुपर्ने दायित्व बोर्डको छ ।

    यस्तै, विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र पठाउने र घरमै बसेर उत्तर लेखेपछि उत्तरपुस्तिका विद्यालयमा बुझाउने ओपन बुक प्रणाली प्रस्ताव गरिएको छ । अनलाइनबाटै प्रश्न पठाएर विद्यालयबाट परीक्षा लिन अर्को सुझाब दिइएको छ । विद्यालयमै परीक्षा लिँदा भिड हुने भएकाले यो विकल्पमा सरोकारवालाहरू एकमत देखिएका छैनन् । धेरै विद्यार्थीसँग इन्टरनेट सुविधा नभएको, भएकाहरूसँग पनि गुणस्तरीय सेवा नभएका कारण अनलाइन प्रणालीको परीक्षालाई त्यति धेरै प्राथमिकता दिइएको छैन ।

    कोरोना भाइरसका कारण स्थगित एसइईको नतिजा आन्तरिक मूल्यांकन विधिबाट प्रकाशन गरिसकिएको छ । कक्षा–११ को परीक्षा पनि विद्यालयले आन्तरिक परीक्षा लिएर ग्रेडसिट दिने निर्णय भइसकेको छ । कक्षा–१२ को परीक्षा भने पाँच महिनापछि धकेलिँदा पनि विकल्पमा कुनै निर्णय भएको छैन । कक्षा–११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । तीमध्ये कक्षा–१२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् ।

    तीन चरणमा परीक्षा
    कक्षा–१२ को परीक्षाका लागि तीनवटा चरण प्रस्ताव गर्दै छ । पहिलो चरणमा हिमाली जिल्ला र ५० भन्दा कम विद्यार्थी भएका विद्यालयमा परीक्षा गर्न सकिने प्रस्ताव छ । सरकारले छिटो स्वीकृति दिएमा दसैँअघि नै पहिलो चरणको परीक्षा लिन सकिने बोर्डका अध्यक्ष पौडेलले बताए । दोस्रो चरणमा ‘एल्लो जोन’ मा परेका दुई सयभन्दा कम कोरोना संक्रमित भएका जिल्ला र एक सयदेखि दुई सय विद्यार्थी भएका विद्यालयमा परीक्षा सञ्चालन गर्न सकिने प्रस्ताव छ । यस्तै, तेस्रो चरणमा दुई सयभन्दा बढी विद्यार्थी भएका विद्यालय पर्नेछन् । त्यस्ता विद्यालयको संख्या कम छ । प्रश्नपत्र, उत्तरपुस्तिका तयारी अवस्थामै रहेकाले पहिलो चरणको परीक्षा सञ्चालन गर्न कठिन नरहेको पदाधिकारीको भनाइ छ । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...