News Portal

  • आन्तरिक उडान असोज ५ बाटै

    ११०८ पटक

    काठमाडौं, १ असोज । आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ । बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि अनुमति दिने निर्णय गरेको हो ।

    नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनले भने, ‘आन्तरिक उडान खुलेको त असोज १ बाट नै हो । तर, एयरलाइन्स कम्पनीले टिकट बुकिङ गर्नुप‍¥यो ।

    आजको भोलि नै टिकट बुकिङ हुने वा टिकट काट्ने भन्ने हुँदैन भने अन्य तयारीका लागि पनि समय चाहिने हुन्छ ।’ पोखरेलले सोही अनुसार फरक एयरलाइन्सका उडान पनि फरक मितिबाट सुरु हुन सक्ने भए पनि नियमित व्यावसायिक उडान अनुमति असोज ५ बाट नै दिइने स्पष्ट पारे ।

    यस्तै, कोरोनाका कारण बन्द भएको करिब ६ महिना पछि सुरु हुन लागेको नियमित उडानमा विमानहरूले क्षमताको आधा मात्र यात्रु उडान पाउने भएका छन् । कोरोना संक्रमण बढ्ने जोखिमलाई ध्यानमा राख्दै क्षमताको आधा मात्र यात्रु उडान पाउने गरी विमानहरूले सेवा दिने बताइएको छ । यसो हुँदा विमान कम्पनीले हवाई भाडा बढाउनुपर्ने बताएका छन् ।

    आन्तरिक वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार सरकारले ५० प्रतिशत यात्रु उडाउनुपर्ने भनेको छ । यसो हुँदा हवाई भाडा महँगो हुने निश्चित बनेको छ । हवाई भाडा बढाउने सम्बन्धमा छलफल गर्न भनिएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए ।

    कोरोनाका कारण बन्द भएको करिब ६ महिनापछि सुरु हुन लागेको नियमित उडानमा विमानले क्षमताको आधा मात्र यात्रु राख्न पाउने सरकारले निर्देशन दिएको छ । सरकारले ५० प्रतिशत यात्रु उडाउनुपर्ने भनेपछि उडान खर्च नै नधान्ने भन्दै आन्तरिक वायुसेवा कम्पनीले नियमित उडान सुरु नगर्ने भएका छन् । नियमित उडान सुरु गर्न सरकारको सबै शर्त मान्न तयार भए पनि ५० प्रतिशत मात्र यात्रु क्षमतामा उडान सञ्चालन गर्न नसकिने आन्तरिक वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माको भनाई छ । अन्नपूर्ण पोस्ट्बाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...