News Portal

  • बिहान खाली पेटमा तामाको भाँडामा राखेको पानी पिउँदा हुन्छन् यस्ता फाइदा

    १५८७ पटक

    एजेन्सी । भारत र नेपालमा तामाको भाँडाको निकै महत्व हुन्छ । तामाको भाँडालाई पूजा समेत गर्ने प्रचलन रहेको छ । भगवानको पूजाआजा गर्न होस् वा विवाह, व्रतबन्ध जस्ता पवित्र धार्मिक कार्यहरुमा प्रयोग गरिने तामाको भाँडामा राखिएको खानेकुराले शरीरलाई फाइदा समेत गर्छ ।

    तामाको भाँडामा पानी राख्ने, पानी खाने, तामाको भाँडामा खाना पकाउने जस्ता कामहरु पनि गरिन्छ ।

    तर, तामाको जग वा गिलासमा राखिएको पानी खाँदा भने शरीरलाई निकै फाइदा पुग्छ । बिहान खानी पेटमा तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

    तामाको भाँडामा राखिएको पानी पिउँदा शरीरमा कपरको कमी हुँदैन । विभिन्न भाइरसहरुबाट पनि सुरक्षा दिन्छ । तामाको भाँडामा राखिएको पानीले बाथ, पित्त र खोकीको समस्या लाग्दैन ।

    आठ घण्टासम्म पानी राख्ने
    आयुर्वेदका अनुसार तामाको भाँडामा ८ घण्टाअघि राखेको पानी बिहान पिउने गर्नुपर्छ । पानीले तामासँग रासायनिक प्रतिक्रिया गरेर एन्टीब्याक्टेरियल र एन्टी इन्फ्लामेन्टरी प्रोपर्टीज उत्पादन गर्छ ।

    पाचन प्रक्रिया
    नियमित रुपमा तामाको भाँडामा पानी पिउँदा शरीरभित्रका विषयुक्त तत्त्वहरु बाहिर निस्किन्छ । र पेट सफा हुन्छ । यसका साथै तौल कम गर्न पनि यसले मद्दत गर्छ । यसका साथै पाचन प्रक्रिया समेत मजबुत हुने भएकाले शरीरमा अतिरिक्त बोसो लाग्दैन ।

    जिवाणु
    साधारण पानीमा झाडापखाला, पीलिया जस्ता रोग लगाउने जिवाणुहरु हुन्छन् । तर, तामाको भाँडामा राखेको पानीले यस्ता जिवाणुसँग लड्ने गर्छ । एक अध्ययनका अनुसार १६ घण्टामा तामाको भाँडामा राखेको पानीमा भएका जिवाणुहरु मर्छन् ।

    सावधान
    तामाको भाँडामा कपर अक्साइडका कारण फोहोर जम्न शुरु हुन्छ । त्यसैले पानी राख्नुअघि तामाको भाँडालाई राम्रोसँग सफा गर्नुपर्छ । फोहोर तामाको भाँडामा राखेको पानीले शरीरलाई बेफाइदा गर्छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...