सुडालमा रहस्यमय हत्या : जग्गा हेर्न आएकाले लिए योन्जनको ज्यान

भक्तपुरमा जग्गा हेर्ने बहानामा आएका अपरिचित ब्यक्तिको कुटपिटबाट एकजनाको ज्यान गएको छ । जग्गा देखाउन गएका एक स्थानीयले जग्गा किन्ने भनिएका ब्यक्तिहरुको कुटपिटबाट ज्यान गुमाएका हुन् । यसरी ज्यान गुमाउने ब्यक्ति चागुनारायण नगरपालिकास्थित  सुडालका ६१ वर्षिय चन्द्रकुमार योन्जन हुन् । जन्म घर रामेछाप भइ पछिल्लो  समय सुडालमा घरजम गरेर बसेका योन्जनलाई जग्गा किन्ने बहानामा एकान्तस्थानमा पुर्याइ कुटपिट भएको र सोही कारण उनको ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । पारिवारिक श्रोतका अनुसार हिजो बुधवार साझ करिब ४ः३० बजे जग्गा किन्न भनी फोन सम्पर्क गरि अपरिचित मानिसहरु आएका थिए । २ वटा मोटरसाइकलमा आएका उनीहरुले उनको  सुडालस्थित घरमै  संचालित खाजाघरमा बसी बियर समेत खाएका थिए ।  जग्गा देखाउन लिएर गएपछी उनीहरुले एकान्तस्थलमा योन्जनलाई कुटपिट गरि उनले लगाएको सुनको ब्रास्लेट लगायत  लुटेर फरार भएका थाहा भएको छ । घटनापछि गम्भीर घाइते  योन्जनलाई उपचारको लागि ठिमीस्थित मध्यपुर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौको ग्रीनसिटी   अस्पताल पुर्याइएका योन्जनको … Continue reading सुडालमा रहस्यमय हत्या : जग्गा हेर्न आएकाले लिए योन्जनको ज्यान