News Portal

  • सप्तरीमा नयाँ नागरिकता वितरण बन्द, कार्यालयहरुको कामकाज प्रभावित

    ४५४ पटक

    राजविराज, २७ असोज । अत्यधिक सेवाग्राहीको भिडभाड हुने सप्तरीको जिल्ला प्रशासन कार्यालयसहित चार वटा कार्यालयको कामकाज प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नयाँ नागरिकता प्रमाणपत्र सोमबारदेखि अनिश्चितकालको लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार रामले एक सूचना जारी गर्दै सो कार्यालयबाट प्रदान गरिँदै आएको नयाँ नागरिकता प्रमाणपत्रको कार्य बन्द गरेको बताइएको छ ।

    नयाँ नागरिकता शाखामा कार्यरत दुई जना कर्मचारीमा कोरोना लक्षण देखिएको उल्लेख गर्दै उहाँले उनीहरुको स्वास्थ्य परीक्षण गराउनुपर्दा अर्काे सूचना नभएसम्म नयाँ नागरिकता वितरण कार्य बन्द रहने बताएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अन्य सेवाहरु यथावत रुपमा सञ्चालन रहने सूचनामा बताइएको छ ।

    त्यस्तै, राजविराजस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गत बुधबार दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि गत बिहीबार र शुक्रबार दुई दिन कामकाज बन्द गरिएको थियो । आइतबारदेखि सेवा सञ्चालन गर्ने सूचना जारी गरिए पनि सो दिन थप केही कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द रह्यो । आज सोमबारदेखि बैंकले सेवा सञ्चालन गरेको बैकका प्रबन्धक उमेश नेपालले जानकारी दिनुभयो ।

    यस्तै, कर्मचारी बिरामी पर्न थालेपछि त्रासका कारण गत बुधबारदेखि बन्द भएको भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रवाह हुने सेवाहरु अझैं बन्द छ । पछि कोरोना परीक्षण गर्दा सो कार्यालयका चार जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्दलाई निरन्तरता दिएको छ । गत १० गते मालपोत फाँटका १० जना कर्मचारीको स्वाब परीक्षण गरिएको थियो । उनीहरु मध्ये आइतबार दुई जना नायव सुब्वा, एक जना खरिदार र एक जना कम्प्युटर अपरेटर गरी चार जनालाई संक्रमण पुष्टि भएको सूचना अधिकारी शिवहरि पोखरेलले जानकारी दिनुभयो ।

    त्यसैगरी, जिल्लाको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित ११ जनामा कोरोना संक्रमित भएपछि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाह आगामी शुक्रबारसम्म एक साताका लागि बन्द गरिएको छ । सो कार्यालयका कार्यालय सहयोगी दुई जना र अपरेटर सहायक एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी, जनप्रतिनीधिकासाथै उनीहरुसँग जोडिएका व्यक्तिहरुमा सम्भावित संक्रमणको जोखिम रहेकोले परीक्षण गराउनुपर्ने भएको भन्दै एकसाताको लागि कामकाज ठप्प गरिएको छ । तर, अति आवश्यक काम प्रभावित नगर्न बताइएको छ । यसअघि कोरोना संक्रमणका कारण राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णसवरण गाउँपालिका र कञ्चनरुप नगरपालिकाको कामकाज बन्द गरिएको थियो । गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...

    हस्तलिखित भित्रेपात्रोमार्फत नेपाल चिनाउँदै

    १९ भाषामा प्रकाशित मित्रवनको गुफा नामको बालउपन्यासका लेखक तथा चित्रकार धीरजनाथ अमात्य अद्वितीय छन् ।...