News Portal

  • पार्टीभित्रकाे विवादलाई विषयान्तर गर्न गोयलले नेताहरु भेटेको नियोजित हल्ला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ कात्तिक
    ८५५ पटक
    भक्तपुर, ६ कात्तिक

    भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलले पूर्वप्रधानमन्त्रीद्वय नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड एवं बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेको भन्ने हल्लामा सत्यता भेटिएको छैन । पार्टी भित्रको बिबादमा खेल्ने तत्वले यस्तो हल्ला फैलाएको हुनसक्ने आशंका गरिएको छ ।

    अध्यक्ष प्रचण्डको सचिवालयले गोयलसंग कुनै भेटघाट नभएको सार्वजनिक गरेको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले प्रचण्ड र नेता नेपालले समेत रअ प्रमुख गोयलसंग भेट गरेको भन्ने समाचारमा सत्यता नभएको जानकारी गराए । केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै सापकोटाले सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद समेत प्रकट गरेका छन् । उनले जनसमुदाय तथा सञ्चार जगतलाई यसबारे भ्रममा नपर्न अपील समेत गरे । नेपालका स्वकीय सचिव मोहन गौतमले पनि विज्ञप्ती जारी गर्दै समाचारको खण्डन गरेका छन् ।

    हिजो दिउसो विशेष विमानबाट काठमाडौं अवतरण गरेका भनिएका रअ प्रमुख गोयलले प्रचण्ड माधव नेपाल संग भेटेको भनेर केहि अनलाइन मिडियाले लेखिरहँदा केहिले भने प्रधानमन्त्री केपी ओली लगायत उच्च पदस्थ अधिकारीहरुसंग भेटबार्ता गरेका बताएका छन् । भारतीय दुतावासले भने रअ प्रमुख गोयल काठमाडौ आउदै नआएको जिकिर गरेको छ । यस सम्बन्धमा सुरक्षा निकाय, परराष्ट्र मन्त्रालय वा सरकारको तर्फबाट आधिकारिक सूचना प्राप्त हुन सकेको छैन ।

    भारतमा पानी पर्दा नेपालमा छाता ओढ्ने नेताहरुका कारण भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलको नेपाल आगमनको हल्लाले नेपाली जनताहरु भने शसंकित बनेका छन् । माधव नेपाल निकट श्रोतले पार्टीभित्रकाे विवादलाई विषयान्तर गर्न गोयलले प्रचण्ड र माधव नेपाललाई भेटेको भनेर नियोजित हल्ला चलाइएको र यो वास्तविकता नभएको बताएको छ । ‘नेकपा भित्र प्रचण्ड र माधव नेपाल पक्षको एकताबाट आत्तिएकाहरुले नियोजित हल्ला फैलाएका हुन् ।” श्राेतले भन्याे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...