News Portal

  • बिनास्वीकृति साइकल लेनः महानगर र सडक विभागबीच विवाद

    ९७० पटक

    ललितपुर, ७ कार्तिक । ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन ।

    महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

    ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गर्नुभयो ।

    सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताउनुभयो । उहाँले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।

    ‘‘काठमाडौँ र ललितपुर जोड्ने थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार क्षेत्रको सडक फराकिलो बनाउने सम्भावना छैन’’, उपमहानिर्देशक सापकोटाले थप्नुभयो, ‘‘साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन ।’’

    अहिलेकै सवारीसाधनको चापलाई थेग्न नसकेको सो सडकखण्डमा झन् साइकल लेन बनाउँदा बढ्न सक्ने जोखिम र दुर्घटनाको दायित्व समेत सडक विभागलाई नै हुने भएकाले यस सम्बन्धमा विभागले थप अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

    महानगरले भने सहरलाई अझ व्यवस्थित बनाउन साइकल लेन बनाएको दाबी गरेको छ । ‘स्वच्छ र सफा महानगर’ कार्यक्रम अन्तर्गत महानगरको विभिन्न रुटमा साइकल लेन निर्माण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै महानगर प्रमुख महर्जनले वातावरण र नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यो कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउनमा सम्बन्धित सबै निकायको सहयोग आवश्यक रहेको बताउनुुभयो ।

    नमूुना परियोजनाका रूपमा पहिलो चरणमा थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल लेन निर्माण गरिएको बताउँदै नगरप्रमुख महर्जनले दोस्रो चरणमा महानगरको २२ किलोमिटर भित्री सडकमा साइकल लेन निर्माण गर्ने योजना रहेको जानकारी दिनुुभयो । गोरखापत्र दैैनिबाट

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...