News Portal

  • विश्वमा पछिल्लो २४ घण्टामा थपिए चार लाख ४५ हजार कोरोना संक्रमित

    ६१७ पटक

    एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार ९२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जससँगै कोरोना संक्रमितको कुल संख्या ४ करोड ४२ लाख २१ हजार ८३३ पुगेको छ ।

    हिजो अमेरिकामा सबैभन्दा धेरै ७१ हजार ४४४, भारतमा ४२ हजार ९६२, फ्रान्समा ३३ हजार ४१७, ब्राजिलमा २९ हजार ३५३ र बेलायतमा २२ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ६ हजार ९०१ जनाको मृत्यु भएको छ। जससमध्ये अमेरिकामा ९१५, भारतमा ५१९, ब्राजिलमा ५३०, फ्रान्समा ५२३, अर्जेन्टिनामा ४२९ र रसियामा ३२० जनाको मृत्यु भएको छ । नयाँ थपिएका मृतकसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल मृतक ११ लाख ७१ हजार १४९ पुगेको छ ।

    यस्तै, विश्वमा अहिलेसम्म ३ करोड २४ लाख २९ हजार ६५९ कोरोना संक्रमणमुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...