News Portal

  • बन्दाबन्दीको सदुपयोगः सफल र कुशलका दुई निर्माण

    ४३० पटक

    भरतपुर, १३ कार्तिक । आमाबाबु मेकानिक, दुई छोरा गाडी निर्माता १ यस्तै संयोग मिलेको छ, चितवन भरतपुरका एक पौडेल परिवारमा । चार जनाको परिवारमा चारै जना उद्यमशील मात्रै रहेनन्, सिर्जनशील पनि !

    भरतपुर महानगरपालिका–६ का २० वर्षका सफल पौडेल र उनका १७ वर्षका भाइ कुशल पौडेलले सोलार र पेट्रोलबाट चल्ने छुट्टाछुट्टै दुईवटा गाडी निर्माण गर्नुभयो भने उहाँहरूका बुबा खेमराज र आमा शर्मिला झन्डै दुई दशकदेखि यहाँ मोटर, पङ्खा, गिजरलगायतका सामानको मेकानिक हुनुहुन्छ ।

    बन्दाबन्दी सुरु भएपछि वैशाखमा सफल र कुशलले पेट्रोलबाट चल्ने चार सिटे कार बनाउनुभयो । त्यसलगत्तै उहाँहरूले असोजमा आएर सोलारबाट चल्ने कार बनाएर चलाउन सफल हुनुभयो । दाजुभाइको मिहिनेतमा बनेको दुवै गाडी अहिले भरतपुरकै विभिन्न ठाउँमा उहाँहरू आफैले परीक्षणका रूपमा गुडाइरहनुभएको छ ।

    १८० सीसीको पल्सर मोटरसाइकलको इन्जिनमा मारुती कारको चक्का जोडेर पहिलो पेट्रोलबाट चल्ने कार बनायौँ, ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थी सफल भन्नुहुन्छ, “गाडीको बडी भने गाउँघरमै पाइने फलामका पाता मिलाएर राखेका छौँध्र” यो गाडी अहिले प्रतिघण्टा ५० किलोमिटरका दरले गुड्नसक्ने र एक लिटर पेट्रोलले ३० किलोमिटर सम्मको दूरी पार गर्नसक्ने उहाँले जनाउनुभयो ।

    पेट्रोलबाट भन्दा सोलारबाट चलाउने कार मितव्ययी हुने भन्दै पौडेल दाजुभाइ पहिलो कारमा मात्रै रोकिएनन् । उनीहरूले धेरै सोचविचार गरे र पुनः सोलारबाट चल्ने कार पनि बनाइछाडे । भाइ कुशल भन्नुहुन्छ, “१५० वाटका चारवटा ब्याट्रीलाई डीसी मोडमा लगेर सोलार प्यानलमार्फत चार्ज गरेर कार चलाइएको छ । ”

    कारको अगाडि स्कुटरको चक्का र पछाडि ई–रिक्साको सामान जडान गरिएको छ । सोलारको प्यानल नै गाडीको छत बनाएर गुडाउँदा देख्दा पनि त्यो निकै राम्रो पनि देखिएको छ । यो गाडी दिउँसो घाम लाग्दा सोझै सोलारबाटै चल्ने र एकपटक चार्ज गरेको ब्याट्री ४० किलोमिटरसम्म गुड्ने उहाँहरूको भनाइ छ । दिउँसोको समयमा त जति किलोमिटर पनि यात्रा गर्न सकियो, समस्या भएन । राति चाहिँ अहिलेको ब्याट्रीले ४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ, कुशलले भन्नुभयोध्र सरकारको कुनै सहयोग र कुनै रिसर्च सेन्टर तथा विषय विशेषज्ञको परामर्शबिना नै पौडेल दाजुभाइले छोटो समयमा एउटा मात्र होइन दुई÷दुईवटा कार बनाउन सफल हुनुभएको छ । यो उहाँहरूको परिवारभित्रको मेकानिकल महोल पनि हुनुपर्छ । विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत कुशल सरकारले अझै विषय विशेषज्ञसँग ज्ञान लिने व्यवस्था र अध्ययन तथा रिसर्चका लागि आर्थिक सहयोग जुटाइदिए थप सजिलो हुने बताउनुहुन्छ ।

    हामीले दुईवटै कार एउटाको तीनदेखि चार लाख रुपियाँको लागतमा बनायौँ । यसलाई अझै कसरी कम खर्चमा बनाउन सकिन्छ र यसको बडी कसरी सुन्दर बनाउन सकिन्छ भन्ने थप अध्ययन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, उहाँले भन्नुभयो । सौर्य ऊर्जाबाट चल्ने गाडी कम खर्चिलो हुने हुँदा त्यसैलाई परिष्कारसहित व्यावसायिक उत्पादनमा लाग्नुपर्ने उहाँको सुझाव छ । कुशल थप्नुहुन्छ, “सरकारले प्रवद्र्धनमा सहयोग गरे व्यावसायिक उत्पादनमा लाग्नेछौँ । ”

    कार बनाउने सफल र कुशलका बाबुआमा १८ वर्षदेखि घरमै मोटर, पङ्खा, गिजरजस्ता विद्युतीय सामग्रीको मर्मत गनुहुुन्छ । छोराहरूले कार बनाएको देखेर खुसी भएकी आमा शर्मिला भन्नुहुन्छ, “घरको वातावरण नै केही नयाँनयाँ काम गरौँ भन्ने भएपछि छोराहरूले पनि सजिलै काम सिकेका हुन् । ”

    आफूले पनि श्रीमान्ले गर्दा गर्दै काम सिकेको जनाउँदै शर्मिलाले काम गर्न कुनै अप्ठ्यारो नभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “मान्छेमा कुनै न कुनै सीपको गुण हुन्छ नै । त्यो जान्न सके काम गर्न गाह्रो छैन । आफ्नै सीपले बाँच्न सजिलै सकिन्छ । ” गोरखापत्र दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...

    गोपाल नारायणको नेतृत्वमा नेराकस(निजामती)को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को शिक्षा विभागीय कार्यसमिति पुनर्गठन गरिएको छ । निवर्तमान अध्यक्ष...

    मंगलवार बेलुकी गठबन्धनको बैठक बस्ने, मन्त्रिपरिषद् विस्तार गर्न छलफल गरिने

    मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपरान्ह...